मनिषा कोइरालाले श्री ५ महाराजाधिराज भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिएपछि…

समाचार

काठमाडौं। मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएकोप्रति ट्विटरप्रयोगकर्ताहरुले आपत्ति जनाएका छन्। कोइरालाले पूर्वराजा शाहलाई पूर्वराजा नभनी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव भनि सम्बोधन गरेपछि ट्विटरप्रयोगकर्ताको तारोमा मनिषा परेकी हुन्।

मनिषाले लेखेकी छन्, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव को ७५ औं शुभजन्मोत्सबको उपलक्ष्यमा मौसूफ सरकारको सुख,शान्ति, सुस्वास्थ्य, एबं दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।’ मनिषालाई पूर्वराजा लेख्न सबैले सुझाव दिएका छन्।

शर्मा एसआरले मनिषाको ट्विटमा प्रतिक्रिया दिएका छन्, ‘महाराजाधिराज! मौसुफ! हामीलाई जनताबाट रैति हुन यत्रो रहर किन के!’ त्यस्तै भुसु आर दुवाडीले नेपालको संविधानले नै शाहलाई पूर्वराजा बनाइदिइकेको उल्लेख गरेका छन्। उनलेलेखेका छन्, ‘राज्यको संविधानले अब यिनलाई पूर्वराजा बनाइदिएको छ।

यो देशको नागरिक हु भन्नुहुन्छ भने तपाईंले नी पालना गर्नुपर्छ, उहाँ अब श्री ५ महाराज धीराज होइन मात्र पूर्वराजा हो। तपाईंजस्तो बुझेको मान्छेले देशको संविधान विपरित बोल्दा हामीले अरूबाट के आशा राख्ने ?’ यस्तै मन बस्नेतले लेखेका छन्, ‘कोइराला हुँदैमा सबैले असल राजनिती नै गर्छन भन्ने छैन।

यी बाउ छोरी (र काकाजी पनि ) सय वर्ष अधिको राजनितिक चेतना बोकेर हिडछन्। हजुरबा अहिलेसम्म जिवित रहनुभएको भए लाज मान्नुहुन्थ्यो होला।’ मनिषा वीपी कोइरालाका नातिनी हुन्। मनिषाका कान्छा हजुरबुबा गिरिजाप्रसाद कोइरालाले नेपालमा राजा फालेर गणतन्त्र ल्याउन नेतृत्वदायी भूमिका खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *