२२ जना यात्रु बोकेर उडेको जहाज दु’र्घटना, चालक दलका सदस्यसहित जहाजमा सवार सबैको मृ’त्यु

समाचार

काठमाडौं– रसियामा जहाज दु’र्घटना भएको छ । मंगलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदूरपूर्वी क्षेत्रबाट उडेको विमान दु’र्घटनाग्रस्त भएको हो ।रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृ’त्यु भएको छ ।

प्रारम्भिक विवरणअनुसार रूसको का’मचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा दु’र्घटनाग्रस्त भएको थियो । विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कु’हिरो र बादलभित्र प्रवेश गरेको थियो ।

त्यसलगत्तै विमानस्थलको रा’डार प्रणालीसँगको सञ्चार सम्पर्क पनि वि’च्छेद भएको अधिकारीहरूले बताएका छन् ।विमानमा एक बच्चा सहित २२ जना यात्रुका साथै छ जना चालक दलका सदस्य थिए । रसियाको अनुसन्धान समितिले पाइलटको ग’ल्ती, प्र’तिकूल मौसम वा प्राविधिक गडबडीका विषयमा केन्द्रित रही अनुसन्धान शुरु गरेको छ ।

दु’र्घटनाग्रस्त विमानका भ’ग्नावशेषहरू समुद्र, नजिकको पहाड र विमानस्थलको आसपास छ’रिएको अवस्थामा भेटिएका थिए । का’मचाट्का नागरिक उ’ड्डयन संस्थाका उपनिर्देशक स’र्गेई गोर्बले विमान समुद्रको च’ट्टानी भागमा ठो’क्किएर दु’र्घटनाग्रस्त भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *