मंगल ग्रहमा पानीका दर्जनौं ठूलाठूला ताल भएको पत्ता लाग्यो ,वैज्ञानिक उत्साहित

प्रबिधि तथा बिज्ञान

एजेन्सी – रातो ग्रहको उपनाम पाएको मंगल ग्रहको दक्षिणी ध्रुवको मुनि वैज्ञानिकहरुले यसअघि सोचेभन्दा धेरै पानी हुन सक्ने बताएका छन् । दक्षिणी ध्रुवको तल केही यस्तो वस्तु छ जो तलतिर गइरहेको छ । यसलाई वैज्ञानिकले अहिलेसम्म बुझ्न सकेका छैनन् ।राडारको संकेतले भने यहाँ जलीय स्रोतको सम्भावना भएको जनाएको छ ।

युरोपियन स्पेस एजेन्सीको मार्स एक्सप्रेस स्पेसक्राफ्ट र मार्स एड्भान्स राडारबाट प्राप्त तथ्यांकको विश्लेषणपछि वैज्ञानिकहरुले यस्तो दावी गरेका हुन् ।मार्स एक्सप्रेस स्पेसक्राफ्टको आंकडाअनुसार वैज्ञानिकहरुले मंगल ग्रहको दक्षिणी ध्रुवमा जमिनमुनि १९ किलोमिटर फराकिलो र १.६ किलोमिटर गहिरो तालको संकेत र प्रमाण पाएका छन् ।

वैज्ञानिकहरुका अनुसार त्यहाँ एउटा मात्र होइन दर्जनौं ताल छन् । यीमध्ये केही १० किलोमिटर फराकिला छन् । यस्ता करिब ३ तालको आकारको सही अनुमान गर्न सकिएको छ । एमएआरएसआइएसको डाटालाई यस वर्ष गहिरो रुपमा चाँच गर्दा यो कुरा सही भएको थाहा भयो ।

मार्स एक्सप्रेस स्पेसक्राफ्टमा जडित मार्स एड्भान्स राडार फर सबसरफेस एण्ड आयोनोसकोपिक साउन्डिङ (एमएआरएसआइएस) को डाटाबाट २०१८ मा भएको खोज सही भएको थाहा हुन्छ ।

यो ताल माथि सुख्खा र उबडखाबड सतहको धेरै तल छ । अब यही स्पेसक्राफ्टका वैज्ञानिकहरुले फेरि यो दावीको पुष्टिको सम्भावना जनाएका छन् ।

यो अवधिमा एमएआरएसआइएसले ४ अन्य ताल पत्ता लगाएको छ । यी एक अर्कासँग निकै टाढा छन् तर कैयौं अरु तालहरु पनि छन् जो एक अर्कासँग धेरै नजिक छन् । यो ठाउँ यति चिसो छ कि यहाँ तरल रुपमा पानी रहनै सक्दैन ।

यहाँ पानी जमेर बरफ बन्छ जस्तो कि हाम्रो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा पानी बरफ बनेको छ । आदित्य र जेफरीले एक बयानमा आफूहरुले राडारबाट थाहा भएको पानी तरल हो वा हिउँ हो भन्ने प्रस्ट छैन तर मंगल ग्रहको दक्षिणी ध्रुवमा दर्जनौं तालहरु भने छन् जो जमिनभित्र छन् ।

उनीहरु यो पत्ता लगाउने प्रयासमा छन् कि राडारको संकेतले पानीतर्फ नै इशारा गरेको हो वा त्यहाँ अरु नै यस्तो केही चिज छ जसमा निश्चित समयको अन्तरालमा हलचल भइरहेको छ । आदित्यका अनुसार ज्वालामुखीय गतिविधि पनि यसको पछाडि ठूलो कारण हुन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *