शीतलनिवास र बालुवाटारको द’बाबमा पक्राउ परिन् ज्वाला संग्रौला ! विवरण सत्य तर प्रक्रिया किर्ते

समाचार

काठमाडौं । सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्तिका कारण चर्चामा आइरहने ज्वाला अर्थात् टीका संग्रौला यही असार ६ गते पक्राउ परिन् । सत्तारुढ दल नेकपा (एमाले) निकट नेत्री खुश्बु घिमिरेसँग भएको वि’वादपछि परेको उजुरीका आधारमा प्रहरीले उनीसहित तीनजनालाई पक्राउ गर्‍यो ।

उनीसँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइबा पक्राउ परेका हुन् । सुरुमा उनीवि’रुद्ध अ’भद्र व्यवहारमा प्रहरीले मु’द्दा दर्ता गर्‍यो । खुश्बु र ज्वाला अर्थात् टीका कुनै समयका साथी हुन् ।प्रहरीका अनुसार ज्वाला विदेश जानुअघि खुश्बुकै घरमा डेरामा बसेकी थिइन् ।

तर, पछिल्लो समय सामाजिक सञ्जालमा एकार्कावि’रुद्ध उनीहरुले लेखेका विषयमा वि’वाद भएको थियो । विवादकै बीच उनीहरु महानगरीय प्रहरी वृत्त गौशाला पुगेका थिए । सोही क्रममा दुवै पक्षबीच प्रहरी कार्यालय परिसरमै हात हा’लाहाल भयो ।त्यस पछि खुश्बुले उनीवि’रुद्ध जा’हेरी दिइन् ।

ज्वालालाई प्रहरीले पक्राउ गर्‍यो । सुरुमा उनीवि’रुद्ध अ’भद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरियो ।यही बीचमा ज्वालाले महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई रं’गभे’दी टिप्पणी गरेको एक भिडियो सार्वजनिक भयो । सो भिडियो सार्वजनिक भएपछि त्यसबारे चर्चा परिचर्चा सुरु भयो ।

तर, ज्वाला त्यही आधारमा मात्रै पक्राउ परेकी थिइनन् । प्रहरी अधिकारीहरु भन्छन्, “ज्वालालाई पक्राउ गर्न राष्ट्रपति कार्यालय र बालुवाटारबाट प्रहरीलाई द’बाब आयो । खुश्बुसँगको झ’गडा त्यति ठूलो थिएन । तर, माथिबाटै द’बाब आएपछि पक्राउ गर्नुपर्‍यो ।”

उनी पक्राउ परेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा आफूमाथि रं’गभेदी टिप्पणी गरेको भन्दै प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झाले पनि उ’जुरी दिए । कु’टपिटसँगै ज्वालामाथि रं’गभेदी टिप्पणीको पनि अनुसन्धान सुरु भयो । दोस्रोपटक उनीवि’रुद्ध जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप भयो ।

रं’गभेदी टिप्प्णी गरेपछि म’धेसी आयोगले पनि घटनामा चासो दियो । तर, उ’जुरी दिएन । एक उच्च प्रहरी अधिकारीका अनुसार सामान्य विषयलाई बढाउन नहुने भन्दै म’धेसी आयोगले का’नुनी प्रक्रियाका लागि पहल गरेन ।अनुसन्धानका लागि प्रहरी हि’रासतमै रहेका बेला ज्वालाले सरकारी कागजपत्र कि’र्ते गरेको सूचना प्रहरीसम्म पुग्यो ।

प्रहरीले अनुसन्धान गर्दा उनले जन्मदर्ता र विवाहदर्ताको कागजमा सरकारी छाप किर्ते गरेको भेटिएको छ ।उनले पाँचथरबाट नागरिकता लिएकी छन् । नागरिकताको विवरण भने सही भएको प्रहरी अधिकारी बताउँछन् ।अनुसन्धानमा सं’लग्न एक अधिकारीले भने, “ज्वालाका विवरण सही छन् ।

तर, प्रक्रिया र कागजमा कि’र्ते देखिन्छ । उनले गाउँपालिका स्थापना भइसकेपछि लिएका केही कागजमा गाविस लेखिएको छ । त्यही गलत हो । त्यहाँ सरकारी छाप र हस्ताक्षर किर्ते भयो ।”किर्ते प्रकरणपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि म्याद लिएको छ ।

उनीवि’रुद्ध पछिल्लो समय थपिएको म्याद शुक्रबार सकिँदै छ ।प्रहरीका अनुसार संग्रौलाको ज’न्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र स’म्बन्धवि’च्छेदको कागजमा कि’र्ते गरेको पाइएको छ ।बाह्रखरी – केशवराज जोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *