२१ गतेबाट उपत्यकामा सबै खालका सवारी साधन चल्ने!

लकडाउन खबर

काठमाडौं । यातायाता व्यावसायीहरुले प्रशासनलाई सोमबारबाट सबै खालका गाडि चलाउने चेतावनी दिएका छन् । व्यावसायीहरुले बिहीबार काठमाडौंका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भेटेर प्रशासनको निर्देशन नमान्ने चेतावनी दिएका हुन् । बिहीबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग व्यावसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूबीच छलफल भएको थियो ।

छलफलका क्रममा उनीहरुले आइतबारसम्म पर्खन सक्ने त्यसपछि निर्देशन अवज्ञा गरेरै भएपनि सबै खालका गाडी चलाउने उनीहरुले बताएका हुन् । जोर बिजोर पद्धतिलाई वास्ता नगरी कोरोनाको महामारीको अवस्था हेरेर सोमबारबाट सबै सवारी संचालन गर्ने उनीहरुको भनाइ छ ।

यसअघि उनीहरुले शुक्रबारबाटै लामो तथा छोटो सबै खालका सवारी संचालन गर्ने बताएका थिए । तर उनीहरु प्रशासनको निर्देशनलाई पालना गर्दै रोकिएका हुन् ।

उता प्रशासनले यसअघि नै असार ५ गतेबाट जोरबिजोर प्रणालीमा सवारी संचालन गराउन अनुमति दिएको थियो । त्यसमा पनि २५ सिट क्षमता भन्दा बढीका सावारी मात्रै संचालन गर्न अनुमति दिइएको थियो । तथापि यातायात व्यावसायीहरु भने प्रशासनको निर्णय प्रति असन्तुष्ट रहेका थिए । तर आजको छलफलमा भने तीनै जिल्लाका सिडीओहरुले ३ दिन समय पर्खन अनुरोध गरेकोले पर्खने र सोमबारबाट सावारी संचालन गर्ने नेपाल यातायात मजदुर संघले जनाएको छ ।

संघका अनुसार कोरोना महामारी नबढे सोमबारदेखि लामो, मध्यम तथा छोटो दुरीका सबै गाडी चल्नेछन् । अवस्था अनुकुल भए स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सोबारबाट सबै किसिमका सवारी संचालन गरिने संघको भनाइ छ । न्युज24नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *