निषेधाज्ञा खुकुलो भएर सर्बसाधारण शान्तिको सास फेर्न नपाउदै आयो दुखि बनाउने खबर

लकडाउन खबर

काठमाण्डाै – फेरी बढ्न थाल्यो कोरोना संक्रमण पछिल्लो २४ घण्टामा देशभर दुई हजार आठ सय ९२ जनामा भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार आठ सय ८९ जना सङ्क्रमित भेटिएका छन् ।

यस्तै चार हजार तीन सय ८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमण दर २६ प्रतिशत पुगेको छ ।

जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा र थप भएकाे विवरणसहित ४१ जनाको ज्यान गएकाे छ ।

यस अवधिमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार पाँच सय ९७ छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार पाँच सय ६१ रहेको छ । तीमध्ये ३० हजार पाँच सय ४४ जना होम आइसोलेशनमा छन् भने तीन हजार १७ जना संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नौ हजार एक सय १२ जनाको ज्यान गएकाे छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या १७ छ । पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको तथ्याङ्कले देखाएको छ ।

मङ्गलवार सङ्क्रमण पुष्टि भएको दुई हजार ६ सय ३६ भन्दा आज दुई सय ५६ जना बढी थपिएका छन् । सोमवार दुई हजार चार सय ४४ जना सङ्क्रमित भेटिएका थिए । आइतवार एक हजार नाै सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *