शाहसी बुबाछोरी,बर्षामासको बेला घर-घरमा गएर सर्पबाट हुने जोखिमबाट ज्यान बचाउँँदै(भिडियो हेर्नुहोस्)

समाचार

एक शाहसी बुबाछोरी जसले आफ्नो ज्या’न समेत जोखिम मा राखेर धेरैको ज्या’न बचाउनुभएको छ र अहिले पनि वर्षा मासको बेला सर्पको बि’गबि’गी बढिरहेको बेला धेरैको घर-घरमा गएर धेरै मानिस हरूको ज्यान बचाउँदै हिँडिरहनु भएको छ।धेरै ठाउँ गइरहनुभएको छ,धेरैलाई सर्पको जोखि मबारे बताउँदै,कतिपय मानिसहरूलाई उद्धार गर्दै र सर्पलाई समेत ज्या’न जानबाट बचाउँदै हिँडिरहनुभएको छ।

यो पृथ्वी मानवका लागि मात्रै नभइ सबैका लागि हो।कुनै पनि सर्पले केही पनि गर्दैन भनेर थाहा पाइसकेपछी हामीले किन डराउने ? बाँच्न त आखिर सबैले पाउनुपर्छ नि। उहाँह रू कसैको घरभित्र भएको सर्प देखेर उद्धार गर्नुभएको छ र देखेपछि धेरैको ज्या’न समेत बचाउँदै हिँडिरहनुभएको पनि छ।यदि कोहि कसैले घरमा या अन्त कतै सर्प देख्नुभएमा उहाँलाई फोन गरेर जानकारी गराउनुहुन्छ र उहाँहरू तुरुन्तै त्यसको लोकेसन बुझ्दै त्यस ठाउँमा पुगेर सर्प र मानिस दुवैको उद्धार गर्नुहुन्छ।

मेचीकाली खबरका पत्रकार भोजराज थापा उहाँको अन्तरवार्ता लिने भनेर उहाँकै घरमा पुग्नु भएको हुन्छ, अन्तर्वार्ता सकिए लगत्तै उहाँलाई नजिकै कतैबाट सर्प घरभित्र छिरेको भन्ने खबर आउँछ त्यसपछि बुबा छोरी तुरुन्तै बाइकमा चढेर सर्प उद्धार सामाग्री सहित त्यस ठाउँ तर्फ अघि बढ्छन्।त्यसपछि पत्रकार भोजराज लगायतको टीम पनि त्यतै तिर उहाँहरूको पछि लाग्दै जान्छन्।

सर्प भएको घर पुग्दा सर्प दाउराको चाङ मुनि भएको बताएपछि बुबाछोरी सर्प समात्न भनी दाउरा निकाल्न थाल्छन्। अलिकती दाउरा निकालेपछि सर्प देखिन्छ र बुबाले छोरीलाई समात्न अह्राउँछन् र छोरी सर्प समातेर बाहिर निकाल्छिन्।त्यहाँ भएका सम्पूर्ण मानिसहरू सर्प देखेर क’हा’लिन थाल्छन् र परपर भाग्छन्।तर उनी भने सर्पलाई बिस्तारै समातेर हातमा खेलाइरहन्छिन्।

उनले सर्पलाई हातमा लिएर बाहिर जाँदा उनको खुट्टामा सर्प पूरै बेह्रीन्छ तर उनी बिस्तारै सर्पलाई फुकाउँछिन् र बाहिर निस्कन्छिन्।उनले सर्पलाई हातले समाउँदै भन्छिन्,यो सर्प धामन सर्प हो,यो पूर्णरूपमा अ’बि’षा’लु सर्प हो जसलाई किसानको साथी भनेर पनि चिनिन्छ।यसलाई चिन्नको लागि चाहिँ यसको आँखा भन्दा मुनि कालोसेतो रेखा हुन्छ।

यसलाई मार्ने पेट्रोल,मट्टीतेल छर्किने गर्न हुँदैन किनभने पेट्रोल,मट्टीतेलले आगलागीको पनि डर हुन्छ,सर्पले टोकेर एकजना म’र्ने भन्दा घर नै नष्ट हुने,सबै जना म’र्ने भयो भने त्यो दु’:ख’द हुने गर्दछ भन्दै उनी त्यहाँ उपस्थित मान्छेहरू लाई सचेतना दिने गर्दछिन्।कृपया यस बिषयमा तयार पारिएको भिडियो सामाग्री तल दिइएको छ,हेरेर आफ्नो प्रतिक्रिया बाँड्नुहोला। साथै यस समाचार लाई सेयर गरि सबैमा सचेतना बाँड्नु होला,धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *