किम जोंग उन दुब्लाएको देखेर उत्तर कोरियाका जनता रोए

अन्तरास्ट्रिय

काठमाडौं। उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उन दुब्लाएपछि उत्तर कोरियाका जनता चिन्तामा परेका छन् । पछिल्लो समय सार्वजनिक भएका भिडियो फुटेजमा किम निकै दुब्लाएका देखिएका छन् ।

उत्तर कोरियाको सरकारी मिडियासँग प्योंगयांगका एक स्थानीयले कुरा गर्दै किम दुब्लाउँदा उत्तर कोरियाका सबै चिन्तित भएको बताएका छन् । जुनको सुरुवातमा विदेशी विश्लेषकहरुले किमको तौल उल्लेख्य घटेको जनाए लगत्ते उनको स्वासथ्यबारे यस्तो प्रतिक्रिया आएको हो ।

‘सम्मानित महासचिव (किम जोंग उन) लाई यसरी दुब्लाएको देख्दा हामे मुटु छियाछिया हुन्छ’ ती स्थानीयले सरकारी प्रसारक केआरटीलाई दिएको एक अन्तरवार्तामा भने । यो अन्तरवार्ता शुक्रबार प्रसारण भएको थियो । ‘सबैले आफ्नो आँसु झरेको बताएका छन्’ ती स्थानीयले अगाडि भने ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सार्वजनिक भएको एउटा क्लिपमा प्योंगयांगका जनताले एउटा ठूलो स्क्रिन हेरिरहेको देख्न सकिन्छ ।स्क्रिनमा एउटा कन्सर्ट भइरहेको देखिन्छ । यो कन्सर्टमा किम जोंग उन सहभागी भएका थिए । कोरोयाको वर्कर पार्टीको बैठकपछि भएको यो कन्सर्टमा किमसहित पार्टीका अरु नेताहरु पनि सहभागी थिए ।

समाचारमा किमको तौल किन घट्यो भन्ने खुलाइएको छैन । जूनमा किम सार्वजनिक कार्यक्रममा देखिएपछि एनके न्यूजका एक विश्लेषकले किमको हातेघडी पहिलेभन्दा पातलो नाडीमा पहिलेभन्दा कसिलो गरी बाँधिएको नोट गरेका थिए ।उत्तर कोरियामा शक्तिमाथि किमको बलियो पकडका साथै

उनको उत्तराधिकारीका विषयमा अहिलेसम्म कायम अनिश्चितताका कारण अन्तर्राष्ट्रिय मिडिया, जासुसी एजेन्सी र विशेषज्ञले उनको स्वासथ्य ध्यानपूर्वक हेरिरहेका छन् । गत वर्ष किम आफ्ना हजुरबुवा किम इल सुंगको जन्मजयन्तिमा उपस्थित नभएपछि उनको स्वास्थ्यबारे धेरै अड्कलबाजी गरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *