१८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने व्यवसायीको निर्णय

लकडाउन खबर

काठमडाौं । यातायात व्यवसायी र मजदुरहरुले सरकारी निर्णयको अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका छन् ।सरकारले लिएको नीति र गरेका निर्णयमाथि विभिन्न ध्यानाकर्षणहरु जनाउँदै व्यवसायी र महजदुरका चार संगठनहरुले यहि १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्याकाको स्थानीय प्रशासनले आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै २५ सिटभन्दा माथिका सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको छ । उक्त निर्णयसंगै बिहानैदेखि उपत्यकामा सार्वजनिक यातायात चलिरहेका छन् ।तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,

नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले भने असार १८ गतेदेखि मापदण्ड अपनाएर सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन् ।ठूला बस मात्रै चल्न दिने निर्णयले साना व्यवसायी र त्यसमा कार्यरत मजदुरहरु ऋण र रो’जीरोटीको समस्या परेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

‘जोर बिजोरमा सार्वजनिक यातायात चलाउँदा भी’ड बढ्छ, भीडलाई गाडी चढ्नबाट रोक्न सकिन्न, अनि ट्राफिकले त्यही बाहानामा चिट का’ट्छ,’ उहाँले भन्नुभयो । सबै सार्वजनिक सवारी चल्न दिएमा भी’ड पनि कम हुन्छ, व्यवसायी र स्वरोजगार मजदुरको स’मस्या पनि हल गर्न सघाउ पुग्छ ।’

महासचिव सिटौलाले अब विमानमा यात्रु बोक्न दिने निर्णय भएकाले लामो दूरीको सवारी चल्न नदिनु अ’न्याय हुने बताउनुभयो ।सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गरेर तुरुन्तै सार्वजनिक सवारी चलाउने वातावरण बनाउन महासंघसहित मजदुर संगठनहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *