घरजग्गा कर्जामा कडाई गर्दै राष्ट्र बैंक, बन्दैछ नयाँ मोडल

समाचार

मौद्रिक नीतिको तयारीमा रहेको नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाई गर्ने संकेत गरेको छ । नीजि क्षेत्रका ठूला संगठनबाट प्राप्त सुझाव पनि घर कर्जामा कडाई गर्नुपर्छ भन्ने खालकै भएकाले राष्ट्र बैंकले यस्तो संकेत देखाएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले केही दिनअघि घरजग्गा, अटो र सेयरधितो कर्जा नियन्त्रण गर्ने मौद्रिक नीति आवश्यक रहेको बताएका थिए । मौद्रिक नीतिका लागि सरोकारवालासँग सुझाव संकलन गर्दै आएको राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षामार्फत पनि यस्तो कर्जा प्रवाहलाई कडाई गर्ने संकेत देखाईसकेको थियो ।

को’रोना म’हामारीका कारण अर्थतन्त्रका सबैजसो सूचकहरु कमजोर रहेकाले न’नप्रडक्टिभ क्षेत्र भनेर परिभाषित गरिएको शेयर र घरजग्गा कर्जामा क’डाई हुने राष्ट्र बैंक स्रोतले बताएको छ । गभर्नर महाप्रसाद अधिकारीले पनि शेयर धितो कर्जा र रि’यलस्टेट कर्जासम्बन्धि हाल कायम रहेको व्यवस्थामा पुनरावलोकन हुन सक्नेतर्फ पटक पटक सचेत गराईसकेका छन् ।

‘अहिले लि’क्विडिटी एकदम टाइट छ, डराउनुपर्ने अवस्था छ’ महासंघका अध्यक्ष गोल्छाले मौद्रिक नीतिमा सुझाव दिँदै भनेका थिए, ‘अहिले धेरै कर्जा घरजग्गा, अटो र शेयर धि’तोमा गएको छ, यसको नियन्त्रण आवश्यक छ ।’‘होम लोन, अटो लोन र सेयर धितो कर्जाले तरलतालाई कमजोर तुल्याएको देखियो’ राष्ट्र बैंक स्रोत भन्छ, ‘तरलतालाई कमजोर बनाउने क्षेत्रमा भईरहेको लगानी नियन्त्रण गर्नुपर्छ भन्ने सुझाव चारैतिरबाट प्राप्त भईरहेका छन्, मौद्रिक नीतिमार्फत आवश्यक निर्णय आउँछ ।’

राष्ट्र बैंकले कोरोना भाइरसका कारण निषेधाज्ञा हुँदा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसकेको भन्दै अब लगानीको वातावरण सिर्जना हुने गरी मौद्रिक नीति ल्याउने दा’बी गरेको छ । तर, कोरोना भाइरसका कारण लगानीका अन्य क्षेत्र खुम्चिँदा शेयर र घरजग्गामा बढी लगानी भईरहेको राष्ट्र बैंकको निष्कर्ष छ । यसै अनुसार घरजग्गा कर्जामा क’डाई गरिने राष्ट्र बैंकले स्पष्ट गरिसकेको छ ।

‘घरजग्गा र सेयर बजारमा लगानी बढ्नु भनेको लगानीका अन्य क्षेत्र चलायमान छैनन् भन्नु हो’ राष्ट्र बैंक स्रोत भन्छ, ‘सेवा क्षेत्र र उत्पादनमूलक क्षेत्र चलायमान नभई न’नप्रडक्टिभ सेक्टरमा लगानीका लागि बैंकबाट कर्जा प्रवाह हुँदा अर्थतन्त्र जो’खिममा पर्छ ।’

नेप्से परिसूचक हालसम्मकै उच्च बि’न्दुमा पुगेको र घरजग्गाको कारोबारले पनि पटक पटक रेकर्ड ब्रेक गरेको हुनाले उ’त्पादन मूलक क्षेत्रमा आउनुपर्ने लगानी सेयर धितो कर्जा र घरजग्गा कर्जामा गईरहेको राष्ट्र बैंकको नि’ष्कर्ष रहेको स्रोतले बताएको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरुले धेरै पैसा घरजग्गामा लगानी गरेको पाईएको छ’ राष्ट्र बैंक स्रोत भन्छ, ‘यस्तो कर्जा लगानीमा क’डाई नगर्ने हो भने वा यस्तो ऋण नियन्त्रण नगर्ने हो भने स’मस्या आउँछ भनेर छलफल भईरहेको छ । कसरी कडाई गर्ने भन्ने मोडल बन्दैछ ।’

सेयर धितो कर्जामा भईरहेको लगानी पनि नियन्त्रण गर्नुपर्ने सुझावमा राष्ट्र बैंक सकारात्मक देखिएको छ । तर, अहिले नै यस्तो ऋण प्र’वाह न्युनिकरण गर्ने वा नगर्ने भन्नेमा केही भन्न नसकिने स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *