किन पक्रउ परे बुढानिलकण्ठका वडाध्यक्ष ?

समाचार

काठमाडौं । प्रहरीले बूढानिलकण्ठ १२ का वडाध्यक्ष शम्भु भट्टराई सहित केही स्थानियलाई पक्राउ गरेको छ । उनी सडक विभागमै तालाबन्दी गर्न पुगेपछि पक्राउ परेका हुन् । सडक निर्माण अलपत्र परेको भन्दै आन्दोलनमा उत्रिएका वडाध्यक्ष केही स्थानिय लिएर सडक विभाग तालाबन्दी गर्न पुगेका गिए ।

वडाध्यक्षसहित बूढानीलकण्ठ(१२ का केही स्थानीयवासी पक्राउ परेको प्रहरीले जनाएको छ । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला*** ।

अलपत्र परेको तेन्जिंग चोक(खरिबोट सडक नबनाइएपछि बबरमहलस्थित सडक विभाग पुगेका वडाअध्यक्ष शम्भु भट्टराईसहित दर्जनौंलाई प्रहरीले पक्राउ गरेको हो । वर्षौंदेखि निर्माण रोकिएर ठेकेदार नै सम्पर्कमा नआए पछि रिसाएका स्थानिय बासीन्दा सडक विभागमै विरोध स्वरुप तालाबन्दी गर्न पुगेका थिए ।

ठेकेदारलाई पटकपटक सम्पर्क गर्दा पनि कुनै सुनुवजाइ नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको अध्यक्ष भट्टराईले बताएका छन् । सडक विभागका कर्मचारी सडक निर्माणप्रति उदासीन रहेको उनको गुनासो छ । पक्राउ परेकाहरूलाई अहिले तिनकुने प्रहरी कार्यालय लगिएको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *