टेलिभिजनले तलब नदिएपछी लाइभ टिभीमा समाचार पढ्दापढ्दै बीचमै पैसा मागे (भिडियो)

रोचक खबर

काठमाडौं। काम गरेर समयमा तलब नपाउने समस्या नेपालमा पनि कैयौं कम्पनीहरुमा छ । ती कर्मचारीहरुले कार्यालयमै सम्बनिधत अधिकारी वा मालिकलाई भेटेर तलब माग्छन् ।

तर, जाम्बियाका एक टेलिभिजन समाचारवाचकले भने तलब नपाएको झों’कमा लाइभ टेलिभिजनमा समाचार पढ्दै गर्दा बीचमै कम्पनीसँग पैसा माग्न थाले । यो घटनाको भिडियो सामाजिक संजालमा शेयर भएपछि अहिले चर्चामा छ ।जाम्बियाको केबीएन टेलिभिजनका ती समाचारवाचकले समाचारको हेडलाइन पढिसकेपछि बीचमै समाचारको क्रमलाई रो’क्दै आफू र आफ्ना सहयोगीहरुलाई च्यानलले तलब नदिएको बताए ।

केबीएन न्यूज च्यानलका एं’कर क’बिंदा क’लिमिनाले सामान्य रुपले हे’डलाइन पढिसकेपछि टेलिभिजन च्यानलमाथि अ’प्रत्याशित रुपमा आरोप लगाउँदै भने ‘हामी पनि मानिस हौं । हामीलाई भुक्तानी दिनुपर्छ । दु’र्भायले केबीएनमा हामीलाई भुक्तानी दिइएको छैन ।

शेरोन र मसहित अन्य कर्मचारीहरुलाई भुक्तानी दिइएको छैन । हामीलाई भुक्तानी दिनै पर्छ ।’उनले यति भन्नासाथ च्यानलले उनलाई हटाएर ब्रे’क लियो । पछि कलिमिनाले फेसबुकमा त्यो समयको भिडियो शेयर गरे र लेखे ‘हो मैले लाइभ टिभीमा यस्तो गरें ।

केवल यसकारण कि धेरैजसो पत्रकार बोल्न ड’राउँछन् । यसको अर्थ यो होइन कि पत्रकारहरु बोल्नु हुँदैन ।’ सामाजिक संजालमा भिडियो शेयर भएपछि धेरै टिभीका कर्मचारीको समर्थनमा अगाडि आएका छन् । तर, केबीएन टिभीले भने कलिमिना पार्ट टाइम एंकर भएको बताउँदै उनको व्यवहार जँ’ड्या’हा शैलीको भएको टिप्पणी गरेको छ ।

केबीएन टिभीका मुख्य कार्यकारी अधिकारी क्या’नेडी माम्बवेले फेसबुकमा एक ब’यान जारी गर्दै भनेका छन् ‘केबीएन टिभीको रुपमा हामी एक भिडियो क्लि’पको माध्यमबाट प्र’दर्शित एक जँ’ड्या’हा व्य’व’हा’रबाट स्त’ब्ध छौं जो सामाजिक संजालमा भाइरल भएको छ ।

हाम्रो एक पार्ट टाइम एं’करद्वारा यस्तो व्यवहार पूर्ण रुपमा ग’लत छ । अन्य संस्थानमा जस्तै केबीएन टिभीमा पनि कर्मचारीका सबै सदस्यको लागि स्थापित गु’नासो प्रक्रिया छ जसमार्फत उनस् आफ्नो गु’नासो प्र’बन्धनसमक्ष राख्न सक्थे । हामी त्यो घृ’णि’त व्यवहारको क’डा नि’न्दा गर्दछौं ।’भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *