एअरपोर्टमा ल्यापटप चो’र्ने नेपाल एअरलाइन्सका कर्मचारी,प्र’हरीले रं’गेहात समात्यो(भिडियो हेर्नुहोस्)

समाचार

रातको समयमा ७ पिस ल्यापटप चोरी भएको तथा २०७८/०३/०३ गते राती ६ पिस गरि जम्मा थान ल्यापटप चोरी लगेको हुँदा नेपाल पारबहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडबाट निवेदन पर्न आएकोमा यस महाशाखा एवम् महानगरीय विमान स्थल समेत को समन्वयमा अनुसन्धान गर्ने क्रममा उक्त चोरी कार्यमा संलग्न व्यक्ति सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थानपाल गाउँपालिका का हुन्।

हाल उनी काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.बेसीगाउँमा बस्ने वर्ष २९ का विष्णु अधिकारी हुन्।नीजको घरबाटै एघार थान ल्यापटपहरू बरामद गरेर ल्याइएको छ।शाखा कार्यलयले संचालनमा ल्याएका कार्बो कम्प्लेक्समा आयात गोदाममा उनले चोरी गरि लगेको बुझिएको छ।उनलाई अहिले महानगरीय अपराध महाशाखा बाट प्रहरीको टोली आएर प’क्राउ गरि आवश्यक कानूनी कार्बाहीको लागि लगिएको छ।

अहिले त्यी ल्यापटपहरूलाई त्रिबी कार्गो गोदामबाट चोरी भएका ल्यापटपहरू भनेर एउटा पेपरमा लेखी डिस्प्ले गरेर राखिएको छ।उनी विगत पाँच छ वर्षदेखि ज्यालादारी कर्मचारीको रुपमा लोडरको काम गर्दै आएका थिए।त्यी ल्यापटपहरू डेल कम्पनीको आइ फाइभ ल्यापटपहरू थिए।त्यीनीहरूको बजार मूल्य साठी हजारको हाराहारीमा छ अहिले।

गोदाममा सर्वप्रथम आयातकर्ताले ल्याएका हुन्छन् र त्यसपछि भन्सार तिरेर उनीहरू लैजाने गर्दथे तर यी ल्यापटपहरू भन्सार तिर्नुभन्दा अगाडि नै गोदामबाट चोरी भएका हुन्।यसरी लोडर कर्मचारीहरू त्यहीँ काम गर्ने हुँदा त्यहाँ भित्रकै कर्मचारीको बढी संलग्नता हुने गरिएको देखिएको छ।जम्मा १३ थान चोरी भएको भनिएको छ र जसमध्ये ११ थान बरामद गरिएको छ।

अब बाँकी २ थानको खोजी कार्य भैरहेको त्यहाँ स्थित अनुसन्धानका कर्मचारीले जानकारी दिए।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,साथै सेयर गरेर धेरैमाझ यो समाचार पुर्‍याएर सचेतना बढाउनको लागि सहयोग गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौँ,धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *