सेतो पार्टी भिडियो मार्फत रुपा सुनारले भनिन्,”मलाई कामी भन तर विभेद नगर!”(भिडियो हेर्नुहोस्)

समाचार

केही दिन पहिले काठमाडौमा डेरा खोज्न जाँदा आफू दलित हो भनेर कोठा नदिएको भनेर उजुरी दिएकी रुपा सुनार अहिले पुन सेतो पार्टीबाट लाइभ आएकी छिन्।उनले आफ्नो घर लमजुङ भएको र त्यहाँ संस्थागत रुपमै जातीय विभेद रहेको बताएकी छिन्।धारामा पानी भर्दा समेत गाग्री छुन नहुने खालको बिभेद थियो।उनी आफू सानो हुँदाताका सम्झना गर्दै भनिन्,त्यतिबेला आफूलाई कपाल काट्न समेत कैँची छुइन्छ भनेर आफैंले कपाल काटेको समेत बताइन्।

रुपा सुनारले आफू सानो छँदा गुरुङ समुदायमा हुर्केको र त्यस ठाउँमा गुरुङले खेल्ने फुटबल ग्राउन्ड र कामीले खेल्ने फुटबल ग्राउन्ड समेत फरक फरक भएको र एकदिन उनका दाइहरूले गुरुङहरू खेल्ने ठाउँमा खेल्दा कु’टाइ समेत खानुपरेको थियो।उनी भन्छिन्,मलाई म जन्मेको ठाउँ लमजुङ छोडेर आउँदा सारै खुसी लागेको थियो,के यस्तो आफू जन्मेको ठाउँ छोड्दा कसैलाई मेरो जस्तो खुसी लाग्छ भनेर समेत प्रश्न गरेकी छिन्।उनी खुसी हुनुको कारण थियो कि म अब यस ठाँउ छोडेर गएपछि अरु जस्तै मान्छे हुन्छु भनेर।

आफूलाई सानो छँदा अरुले यति राम्री मान्छे,यस्तो राम्रो गाउने मान्छे कसरी कामीको कोखमा आयौ भनेर अचम्म मान्दै प्रश्न गर्दथे।त्यसपछि उनलाई लाग्थ्यो,कामी खासमा हुनुपर्ने चाहिँ कस्तो हो त ? उनले एकपटक पत्रीकाकामा काम गर्ने क्रममा एउटा आर्टिकल समेत छापेकी थिइन्, जसको शीर्षक थियो,”मलाई कामी भन तर विभेद नगर”।आफू काम गर्ने ठाउँमा पनि जातका कारणले फरक व्यवहार गर्ने ठाउँमा बरु काम नै नगर्ने तर त्यस्तो बिभेद कारी व्यवहार भोग्न नसक्ने उनी बताउँछिन् यद्यपि आफूले त्यस्तो बिभेदजन्य व्यबहार भोग्नु चाहिँ नपरेको उनी भन्छिन्।

कतिपयले चाहिँ उनलाई दलित भनेर नचिनेरै पनि कामी दमाई यस्तो फोहोरी हुन्छन् भनेर उनकै अगाडि कुरा काट्ने हरू प्रती उनी आफ्नो सोचलाई सुधार गर्न समेत आग्रह गर्दछिन्।दलितहरू वर्षौंदेखि उत्पीडनमा परिरहेका छन्,राम्रोसँग लाउन,खान,शिक्षा लिन समेत पाइराखेका छैनन् भने उनीहरू कसरी सफा हुन सक्छन् ? बर्षौँदेखि अरुको सेवा गरेवापत उनीहरूले के पाउँथे ? त्यही धान,मकै जस्ता केही अन्न र कच्या कोदाला बनाइदिए बापत वर्षमा त्यही खसीको गर्धन र पुच्छर त पाउँथे नि!खै त उनीहरूको आम्दानी ?

खै त उनीहरूको जमीन ?,त्यसैगरी दलितहरूलाई सि’नो खाने भन्छन्,खै त अरु खान पाएको ?,अरु राम्रोसँग केही खान नपाएर त उनीहरूले त्यस्तो खाएको हो नि।गैर-दलित समुदायका हरूले आफूसँग भएको गाई,गोरु,भैंसी खानुपर्‍यो भने पनि उनीहरूलाई बोलाइन्थ्यो किनभने उनीहरूसँग मासु खानलाई पैसा त हुँदैन थियो।यो सब आवश्यकताले माग्यो जसरी जंगली युगमा मान्छेहरूले जनावरको मासु खाने गर्दथे त्यसरी नै दलितहरूले म’रेको जनावरको मा’सु खा’न थाले।

अहिले पनि म जस्तो मान्छेले कोठा पाउँदिन,आखिर समस्या कहाँ छ त ? म दलित भनेरै हैन त ? सबैकुरा मिलिसकेपछी मलाई कोठा नदिनुको कारण मेरो जात थाहा पाएर नै हैन र ! कति गम्भीर छ यो बिषय! जताततै म मान्छे नभएको पी’डा त भोग्दै हिँडिराखेको छु नि त! म कति ठाँउ गएर तपाईं जस्तै मान्छे हुँ भन्दै हिँड्नु ? अहिले पनि कामीले दमाईलाई भित्र छिर्न दिँदैन त्यसको बिषयमा बोलन भनेर पनि कतिपयले भनेका छन्,मेरो मतलब यहाँ कामी र ब्रह्माण्डको कुरा गरेको होइन,ब्राह्मणभित्रै पनि त जैसी र उपाध्य बीच विभेद छ,त्यसलाई पनि अन्त्य गर न भनेको हो नि।कृपया सबाल अत्यन्तै गम्भीर छ,एकपटक उहाँको भिडियो पूरा हेर्नुहोला र आफूलाई लागेको कुरा कमेन्ट गर्नुहोला,धन्यवाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *