अष्ट्रेलियाको सिड्नीमा को’रोनाको नयाँ भेरियन्ट डेल्टा पुष्टि भएपछि लकडाउन घोषणा

अन्तरास्ट्रिय

अष्ट्रेलिया । अष्ट्रेलियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा पुष्टि भएसँगै सरकारले सिड्नीमा लकडाउन गर्ने घोषणा गरेको छ । शुक्रबार रातिदेखि लागु हुने गरी लकडाउनको घोषणा गरिएको हो ।

तीब्र रुपमा फैलिने यो को’रोनाको नयाँ भेरियन्ट रोक्न कडा लकडाउन गर्नुपर्ने अधिकारीहरुले जनाएका छन् ।अष्ट्रेलियन मेडिकल एसोसियनका चिकित्सकहरुका अनुसार यो र’णनीति पर्याप्त नभएको र पुर्ण रुपमा लकडाउन गर्नुपर्नेछ ।सम्भावित को’रोनाका कारण हुने मान’विय क्षति रोक्न पनि पुर्ण लकडाउन गर्नुपर्ने उनीहरुको जि’किर रहेको छ ।

सिड्नीका बा’सिन्दाहरुलाई आ’पतकालिन कामबाहेक बाहिर ननिस्कन अधिकारीहरुले आग्रह गरेका छन् ।रिपोर्टकाअनुसार अष्ट्रेलियामा पछिल्लो एकदिनमा थप ३० जनामा को’रोना संक्रमण पुष्टि भएको छ । को’रोनाका कारण हालसम्म अष्ट्रेलियामा ९१० जनाको ज्यान गइसकेको छ ।

थप समाचार- अष्ट्रेलियाको भि’क्टोरिया राज्यमा थप दुई जनामा को’रोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहानको अ’पडेट अनुसार, पछिल्लो २४ घण्टामा भि’क्टोरियामा २१ हजार ९ सय ९१ जनामा को’रोना परिक्षण गरिएको थियो।

जसमध्ये समुदाय स्तरमा एक जना र एक जना अन्य राज्यबाट आएका व्यक्तिमा संक्रमण पुष्टि भएको हो। योसंगै भि’क्टोरियामा आज सक्रिय संक्रमितको संख्या ४९ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *