डेल्टा भेरियन्ट यही अनुपातमा फै’लिरहे विश्वमै सङ्क्रमण बढ्ने ख’तरा

कोरोना अपडेट(कोभिड -१९)

काठमाण्डाै – विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फै’लिरहेकोे भन्दै चि’न्ता व्यक्त गरेको छ । यही अनुपातमा डेल्टा भेरियन्ट फैलिरहे विश्वमै संक्रमण बढ्ने खतरा भएको डब्लूएचओले जनाएको छ ।

डब्लूएचओका अनुसार अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको छ । पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको पाइएको छ । अहिलेसम्म को’रोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको छ ।

डब्लूएचओले को’रोना भाइरसको संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानी गर्न थालेको जनाएको छ । डेल्टा, अल्फा भेरियन्ट भन्दा तीव्र गतिमा फै’लने गरेको पाइएको छ । डेल्टा भेरियन्ट भारत, नेपाल लगायत देशमा भेटिएको छ ।

थप समाचार – देशभर अहिले ९ सय ४३ जना को’रोना संक्रमितआईसीयू र भेन्टिलेटरमा छन् । ७३६ आईसीयू र २०७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १४५ आईसीयू र ४५ भेन्टिलेटरमा, प्रदेश २ मा ३० आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

बागमती प्रदेशमा ४०५ आईसीयू र १२९ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५१ जना आईसीयू र १२ जना भेन्टिलेटरमा, कर्णालीमा १७ जना आईसीयू र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकाको अस्पतालमा २७८ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा छन्सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १२ आईसीयू र ५ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १५ जना आईसीयू र २ भेन्टिलेटरमा, वीर अस्पतालमा १९ आईसीयू र १० भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा १८ आईसीयू र ९ भेन्टिलेटरमा छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १८ जना आईसीयू र १३ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ३७ आईसीयू र १८ भेन्टिलेटरमा, पाटन अस्पतालमा २१ आईसीयू र ७ भेन्टिलेटरमा छन् । निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयूमा, भक्तपुर अस्पतालमा ३ आईसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १३ जना आइसोेलेसनमा छन् ।

मनमोहन अस्पतालमा २ आइसीयूमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १० आईसीयू र १ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ४ आईसीयू र ३ भेन्टिलेटरमा, किस्ट अस्पतालमा ५ आईसीयू र २ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा २२ आईसीयू र ५ भेन्टिलेटरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *