मध्यराति अचानक भत्कियो १२ तले भवन, ९९ जना भग्नावशेषभित्र पुरिए

अन्तरास्ट्रिय

संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीवार भत्किँदा ९९ जना मानिसहरू बेपत्ता भएका छन्। एक जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै जना भग्नावशेषभित्र पुरिएको ठानिएको छ। हराएकाहरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेका छन्। मायामीका मेयरले सङ्घीय सहयोगका लागि अनुरोध गरेका छन्। भवन भत्किने बेला त्यहाँ कति जना थिए भन्ने पनि खुलेको छैन । मयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको सो भवन सन् १९८० मा बनेको थियो । त्यसमा २३० वटा फ्ल्याट थिए । तीमध्ये आधाजसो भत्किएको बीबीसीले जनाएको छ ।

एक प्रत्यक्षदर्शीले सीबीएस मियामी च्यानलसँगको कुराकानीका क्रममा भने– ‘हामीले ठूलो र चर्को आवाज सुन्यौ, हामीलाई कुनै मोटरसाइकलको आवज हो कि भन्ने लागेको थियो, तर हामीले पछाडि फर्किएर हेर्दा धुवाँको ठूलो बादल देखिएको थियो ।’ अर्का एक व्यक्तिले भने त्यसबेलाको दृष्य सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्कका जुम्ल्याहा टावरहरु ध्वस्त भएको बेलाको जस्तो देखिएको बताए ।

मेयर डेनीयला लेभिन-काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन्। सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो। बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको विवरण सम्बन्धित कन्सुलेटहरूले दिइरहेका छन्। पाराग्वेकी प्रथम महिलाका आफन्तहरू पनि हराउने मध्येमा छन्। उद्धारकर्ताहरूले प्रथम महिला सिल्भाना लोपेज मोरेराका बहिनी ज्वाइँ र उनीहरूका तीन सन्तान अनि एक जना घरेलु कामदारको अवस्था पत्ता लगाउन सकिरहेका छैनन्।

भग्नावशेषबाट ३५ जनालाई निकालिएको र १० जनालाई परीक्षण गरी दुई जनालाई अस्पताल पठाइएको थियो। खोजीकार्य जारी रहँदा सानो आगलागी भएपनि त्यसलाई २० मिनेट भित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखले बताएका छन्। फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पीडादायी रहेको बताए।

राष्ट्रपति बाइडनले गभर्नर रोन डिसान्टिसबाट सङ्कटकाल घोषणा आफूले कुरिरहेको र फीमा भनिने सङ्घीय आपत्तकालीन व्यवस्थापन निकायका अधिकारीहरू घटनास्थलमा पुगेको जनाए। उद्धारकर्ताहरूले क्रेनहरूको प्रयोग गरी नजिकै रहेका अपार्टमेन्टमा बसिरहेका मानिसहरूको उद्धार गर्ने प्रयास गरिरहेको देखिन्छ। आफ्ना भाइहरूसँग कुकुर डुलाउन हिँडिरहेका एक जना व्यक्तिले भवन खसेको आवाज सुनेको बताए। अनुहार ढाकेर त्यहाँबाट आफूहरू दगुरेको उल्लेख गर्दै उनले सुरक्षा गार्डलाई सोधेपछि भवन भत्किएको जानकारी पाएको बताए।

च्याम्पलेन टावर्सका तीनवटा भवनमध्ये एउटा भवनको नवौँ तलामा बस्ने श्रीमतीबाट टेलिफोन आएपछि ५० वर्षका सान्टो मेजील ब्युँझिएका थिए। एक जना अशक्त महिलाको स्याहार सुसार गर्ने काम उनी गर्छिन्।

उनले मायामी हेराल्डसँग भने, “उनले एकदमै ठूलो विस्फोटन सुनेको बताइन्। भूकम्प आएको जस्तो महसुस भयो।” मेजीलकी श्रीमती उद्धार गरिनेमा पर्छिन्। छिमेकमा बस्ने एक जना व्यक्तिले सीबीएस समाचार संस्थालाई भवन हल्लिएपछि झ्यालबाट बाहिर हेर्दा भवनको सट्टा आँधी आइरहेको जस्तो देखिएको बताए। धुलो उडिसकेपछि हेर्दा भवनको दुई तिहाइ अंश भग्नावशेषमा परिणत भएको उनले बताए। इताजाखबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *