सैनिक हेलिकप्टर दुर्घटना, ६ जनाको मृ`त्यु

समाचार

फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघै`टनाग्रस्त भएको छ । सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस–७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृ`त्यु भएको छ ।

वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृ`त्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षण भित्रै उक्त हेलिकप्टर दुर्घ`टनाग्रस्त भएको थियो ।

रक्षा सचिव डेल्फिन लोरेन्जानाले अर्को विज्ञप्ति जारी गरी दुर्घ`टनामा तीन पाइलट र अरु तीन जना सैनिकको ज्या`न गएको बताउनुभएको छ । सेनाले हेलि`कप्टर सम्पर्क विहीन भएसँगै खोजी र उद्धा`र शुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *