Breaking: श्री’लंकाको जे”लबाट उद्धार गरेको २६ महि’ला एयरपोर्टबाटै अप’ह’र’ण शै’लीमा गा’य’ब’ हेर्नुस (भिडियो हेर्नुहोस)

समाचार

Breaking: श्री’लंकाको जे”लबाट उ’द्धार गरे’को २६ महि’ला एयरपोर्टबाटै अ’प’हर’ण शैली’मा गा’यब हेर्नुस (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
हरेक वर्ष असारे भेलमा राज्यको ढुकुटी खन्याइन्छ। प्रायः त्यहीँ बगेर सकिन्छ। न विकास हुन्छ, न भएको पनि टिकाउ नै हुन्छ। ११ महिनासम्म सुस्ताएर बस्ने केन्द्रीय मन्त्रालयदेखि स्थानीय गाउँपालिकासम्म असार लागेपछि विकासमा हाँपझाँप गर्छन्।

वर्षभरिको काम असार महिनामा मात्रै हुँदा उक्त महिनामा विकासे संरचना निर्माणको चाप थेगी नसक्नु हुन्छ। असार महिनामै चाप बढ्दा अनुगमन र नियमनकारीलाई पनि ‘नियमन गर्न सम्भव’ हुन्न। असारमा गरिने विकासे कामको बजेटबाट ठेक्केदारले सरकारी इन्जिनियर र नियमनकारी निकायका

साथै राजनीतिक दलका कार्यकर्ता र स्थानीय नेतालाई भागबण्डा लगाएपछि त्यस्ता कामको गुणस्तरमाथि प्रश्न चिन्ह पनि खडा हुन्न। अर्थात् असार महिनाभरमा हुने अधिकांश टालटुले विकासे कामको लगानी बालुवामा पानी खन्याएजस्तै हुन्छ।

असार सुरु हुनासाथ करिब देशभरकै जिल्लामा विभिन्न प्रकारका विकासका दृश्यहरू असरल्ल देख्न थालिएको छ। टालटुले काम गरी बजेट सकाउन थालिएको छ। सडकमा माटो र ग्राभेल खन्याउने, स–साना पुल–पुलेसा निर्माण गर्नेे, सडकमा कालोपत्रे र ढलान गर्ने क्रम सुरु भएको छ।

हाट बजारमा टहरा निर्माण, पानी निकासका लागि ढल निर्माण, बालबालिकाका लागि पार्क निर्माणदेखि मठमन्दिर र धर्मशाला बनाउनेलगायत काम एउटै जिल्लामा दर्जनौं गाउँपालिका र नगरपालिकामा हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *