तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

समाचार

लण्डन । बेलायतमा भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा रेल सेवा शुरू भएको छ ।बुधबार विहान लण्डनको प्याडिङटन स्टेशनमा ग्रे’ट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहबाट पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो सेवाको शुभारम्भ गरेका छन् ।

सो समारोहमा अभिनेत्री जोअना लुम्लेले आफू ६ वर्षको हुँदा पुनको फोटो देखेको बताउँदै भेट भने आफ्नो पिता बितेको ९ वर्षपछि मात्र भएको बताइन् । भेटमा पुनले आफूलाई पिताको बारेमा सोधेको र उनी बितेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण गरिन् ।

गोरखा न्यायिक अभियानमा तुलबहादुर पुनको नाम इतिहासमा अ’ङ्कित भइसकेको बताउँदै उनले रेलवे को नाम पुनको नाममा गरिँदा पुनलाई दिनदिन सम्झिइने विश्वास व्यक्त गरिन् ।गोरखा ब्रि’गेड एसोसिएसनका अध्यक्ष डे’भिड बिलले गोरखाहरुसित काम गर्दा खुशी लागेको बताए ।

उनले पुनको नाममा रेलवे सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए । उनले नेपालमा रहेका गोरखा र उनका परिवारहरु को-भि’ड १९ बाट जो’खिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए ।

ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामीत्व र सहयोगका लागि लामो समयदेखि रेलवेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताइन् । दोस्रो वि’श्वयु’द्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै यो कार्यक्रम गर्न खो’जिएको भए पनि को-भि’ड १९ म’हामारीका एकवर्ष पछि सा’र्नुपरेको बताइन् ।

सो अवसरमा गोरखा म्यूजिमका निर्देशक डा. ड्यारेन बोयरले पुनका बारेमा लण्डन ग’जेटमा छा’पिएको व्यहोरा वाचन गरेका थिए । भिसी पुनको नाम कुँ’दिएको रेल आजैदेखि लण्डन प्या’डिङटन–ब्रिस्टोल सेवामा सन्चालन शुरू भएको छ ।पुनको परिवारका तर्फबाट गोर्खा ब्रि’गेड एसोसिएसनका सचिव मणि राईले ग्रे’ट वेस्टर्न रेलवेलाई धन्यवाद दिए ।

पुनकी श्रीमती भने अहिले नेपालमा भएका कारण कार्यक्रममा सहभागी हुन सकिनन् । कार्यक्रममा पूर्व गोरखाहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।बेलायतमा नेपाली समुदायका व्यक्तिको नामबाट रेलवे सञ्चालन हुनलाई यहाँका नेपालीहरुले ‘गर्वको विषय’ भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *