यतिधेरै भाडाकुडा देखि खानेकुरा सबै लिएर हेलम्बु पुगे भिटेन: यसरी आफैँले बोकेर राहात वितरण गर्दै Vten (भिडियो हेर्नुहोस)

समाचार

यतिधेरै भाडाकुडा देखि खानेकुरा सबै लिएर हेलम्बु पुगे भिटेन: यसरी आफैँले बोकेर राहात वितरण गर्दै Vten (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
जुम्लाको जैविक (अर्गानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ। अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो ।

कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको बताउनुभयो ।

क्यानडास्थित लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पनीले जुम्ली उत्पादन लिएको हो । मार्सी चामल, कोदो र सिमीको कार्टुनमा नेपाली झण्डा अङ्कित लोगो राखिएको छ ।

लेबलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्थाले गरे को हो । यहाँको सिञ्जा क्षेत्रबाट १३ र तातोपानी गाउँपालिका–४ गिडीखोलाबाट एक टन मार्सी काठमाडौँ ल्याइएकाे थियो ।

पहिलोपटक जुम्ली उत्पादन क्यानडा निर्यात भएपछि स्थानीयवासी निकै खुशी छन् । स्थानीयवासी जीवन बहादुर खत्रीका अनुसार स्थानीय उत्पादन क्यानडा निर्यात भएपछि किसानमा हौसला थपिएको बताउनु भयो ।

अहिले किसानले खेतीयोग्य जमिनको उपयोग गर्न थालेका छन् । गत फागुनमै निर्यात गर्ने तयारी भएपनि को’रो ना कहरका बीच प्रक्रिया नमिलेकोले ढिलाई भएको हो। जुम्लीको उत्पादन अन्र्तराष्ट्यि बजारमा पुग्नु चानचुने बिषय होइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *