भर्खरै बोले प्रधानमन्त्री ओली: हरेकदिन मु’द्दा मामिला झेलेर देशलाई विकास र सुशासनतर्फ अघिबढाइरहेको छु (भिडियो हेर्नुहोस)

समाचार

भर्खरै बोले प्रधानमन्त्री ओली: हरेकदिन मु’द्दा मामिला झेलेर देशलाई विकास र सुशासनतर्फ अघिबढाइरहेको छु (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्न चाहने अमेरिकी कम्पनीहरुको सूचिमा दिग्गज खुद्रा व्यापार कम्पनी वालमार्टसमेत थपिएको छ ।

टिकटकको अमेरिकी व्यवसाय खरिद गर्नका लागि यसअघि माइक्रोसफ्टले छलफल अगाडि बढाइसकेको छ । त्यस्तै ट्वीटरले समेत टिकटक खरिद गर्ने मनसाय बनाएको खबर आएको थियो ।

बीबीसीसँगको कुराकानीमा वालमार्टका अधिकारीले अमेरिकास्थित चिनियाँ भिडियो शेयरिङ एप टिकटक आफूले खरिद गरेमा त्यसको सञ्चालन विस्तारका लागि सहज हुने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै टिकटकले ९० दिनभित्र अमेरिकामा आफ्नो अमेरिकी शाखा कुनै पनि अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्नेछ । अन्यथा अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ । अमेरिकामा टिकटकको भविष्य अनिश्चित बनिरहेका बेला गत बिहीबार कम्पनीका प्रमुख कार्यकारीले राजीनामा दिइसकेका छन् ।

टिकटकको अमेरिकी शाखा खरिदको लागि छलफल अगाडि बढेको कुरा पुष्टि गर्दै वालमार्टका प्रवक्ताले भनेका छन्, ‘हामीलाई आशा छ वालमार्ट र माइक्रोसफ्टको साझेदारीले अमेरिकी टिकटक प्रयोगकर्ताहरुको अपेक्षा पूर्ति गर्नेछ र अमेरिकी सरकारी नियामकहरुको चासोसमेत सम्बोधन गर्नेछ ।’

माइक्रोसफ्टले भने अगष्ट महिनाको सुरुमै टिकटक खरिदका लागि छलफल अगाडि बढेको बताएको थियो । अहिले त्यस विषयमा बताउनुपर्ने नयाँ खबर केही पनि नरहेको माइक्रोसफ्टको भनाइ छ ।

यदि टिकटक खरिदका लागि वालमार्ट र माइक्रोसफ्टबीच साझेदारी भएमा टिकटक खरिद गर्नसक्ने ठानिएको अर्को प्रतिस्पर्धी कम्पनी ओरेकलका लागि चुनौति खडा हुनेछ ।

रिपोर्ट अनुसार टिकटकको अमेरिकी शाखा खरिद गर्नका लागि ३० अर्ब डलर खर्चिनुपर्ने हुनसक्छ । सन् २०१८ मा विश्वव्यापी रुपमा लञ्च भएसँगै टिकटक अत्यधिक लोकप्रिय बनिरहेको छ । प्रयोकर्तामध्ये अधिकांश २५ वर्ष मुनिका युवायुवतीहरु हुनु यसको सबैभन्दा महत्वपूर्ण पुँजीको रुपमा रहेको छ ।

तर चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले आफ्ना प्रयोगकर्ताका डाटाहरु चीनको कम्युनिष्ट सरकारलाई उपलब्ध गराएको आरोप अमेरिकी सरकारले लगाएको छ । सोही कारण या त टिकटकले आफ्नो अमेरिकी शाखा कुनै अमेरिकी कम्पनीलाई बेच्नुपर्ने वा अमेरिकामा प्रतिबन्ध सहनुपर्ने निर्णय गरेको छ ।

तर टिकटकले भने यस्तो आरोप अस्विकार गर्दै गरेको छ । चीन सरकारले टिकटक प्रयोगकर्ताका कुनैपनि डाटा उपलब्ध गराउन अहिलेसम्म अनुरोध नगरेको र गरिहालेमा समेत आफूले उपलब्ध नगराउने टिकटकले प्रष्ट पारेको छ । त्यस्तै चीन सरकारले पनि अमेरिकाको दाबीको खण्डन गर्दै टिकटकविरुद्धको अमेरिकी कदम राजनीति प्रेरित रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *