नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या, देशभर सेवा प्रभावित

प्रबिधि तथा बिज्ञान

नेपाल टेलिकम (NTC) को सबे नेटवर्कमा प्राविधिक समस्या आएको छ। बुधबार बिहानदेखि नेपाल टेलिकमबाट अन्य कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन।

नेपाल टेलिकमका एक अधिकारीका अनुसार बुधबार बिहानदेखि नेटवर्कमा एक्कासि समस्या आएको र प्राविधिकहरूले काम गरिरहेको बताए।

उनका अनुसार समस्या समाधान गर्न केही समय लाग्नेछ। हाल टेलिकमको सिमबाट कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन। ।यसअघि पनि पटक पटक नेटवर्कमा समस्या आएको थियो।

टेलिकमका प्रवक्ता राजेश जोशीले भने अहिलेसम्म समस्या पत्ता लागिनसकेको बताएका छन्। उनका अनुसार कम्पनीको ल्याण्डलाईन तथा मोबाइल नेटवर्क दुबैमा समस्या देखिएको छ। कम्पनीको मोबाइल सेवामा टावर नै नदेखाउने अवस्था रहेको छ भने अन्य कुनै नेटवर्कमा फोन नजाने देखिएको छ। यस्तो समस्या काठमाडौँ उपत्यकामा मात्र नभइ देशभर नै रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *