अढाई अर्बको कम्पनीमा ९ हजार ५ सय कर्मचारी छन् तर मालिक भने साइ`कल चढेरै दैनिकी चलाउँ`छन्

समाचार

“म कार्यालयबाट टाढा बसेर काम गर्ने प्रमु`ख कार्यकारी अधिकृत जस्तै हुँ,” टाढा सम्म देखिएको हरियो धान खेत हेर्दै श्रीधर भेम्बुले भने । श्रीधर र उनका दुई भाइ मिलेर सन् १९९६ मा अमेरिकाको क्यालिफोर्निया स्थित सिलिकन भ्या`लीमा जोहो स्थापना गरे। अहिले सो क्लाउड-आधारित सफ्टवेयर कम्पनीमा ९,५०० कर्मचारी छन् र फोर्ब्स पत्रिकाले उनी`हरूको सम्पत्ति अढाई अर्ब रहेको अनुमा`न गरेको छ।

तर क्यालि`फोर्नियामा करिब तीन दशक बिताए`पछि श्रीधरले शान्त ठाउँमा सर्ने निर्णय गरेर दक्षिण भारतको एउटा सानो दुर्गम गाउँमा बसाइँ सरे।उनी बस्ने हराभ`रा गाउँ चेन्नाइबाट ६०० किलोमिटर टाढा रहेको तेन्कासी जिल्लामा पर्वत शृङ्ख`लाको फेदमा पर्छ। त्यहाँ २,००० भन्दा कम मानिस बस्छन्। त्यहाँ बाटो छैन।

पानी छैन र ढल सुविधा छैन। बिजुली छ तर अनिय`मित छ। त्यसैले भेम्बु डिजेलबाट चल्ने जेनरेट`रमा भर पर्छन्।सिलिकन भ्यालीभन्दा यो धेरै नै भिन्न छ। भेम्बुले कसरी त्यहाँ`बाट काम गरिरहेका छन् त ? एउटा महत्त्व`पूर्ण सुवि`धा इन्टरनेटले दिएको छ त्यसैले श्रीधर उच्च गतिको इन्टरनेट सम्पर्कमा रहन्छन् ।

एउटा ठूलो र सफल कम्पनी`का हाकिम भएका का`रण उनलाई केही फाइदा पनि छ। “मूल रूपमा मेरो भागमा महत्त्वपूर्ण नीतिहरूको काम आइपर्छ। कम्प`नी अहिले ठूलो भएकोले धेरै निर्णय`हरू टोलीसँग रहेर हामी स्थानीय रूपमै गर्छौँ,” उनले भने।

कुनै पनि वरिष्ठ कार्यकारी वा व्यक्ति`गत सहयोगी उनी नजिक बस्दैनन्। तर पनि यी डिजिटल उद्यमी दैनिक कामकाजमा व्यस्त रहन रमाउँछन्। “मैले एउटा टोली`को प्रत्यक्ष रूपमा नेतृत्व गर्छु। म प्रोग्राम`हरूसँग निकट भएर काम गर्छु र प्रविधि सम्बन्धी केही गहन परियोजनामा काम गर्छु। सफ्टवेयर टोली`सँग काम गर्ने इन्जिनि`यरहरू विश्वभरिबाट छन्।”

भेम्बु हालै बनाइएको दुई वटा शयन कक्ष भएको एउटा फार्म हाउसमा बस्छन् र गाउँले तरिका`को जीवन मन पराउँछन्। उनको घर वातानुकूलित छैन र कारको सट्टा उनी एउटा विद्यु`तीय रिक्सा र साइकल चलाउँछन् । उनी बेलाबेला स्थानीय मानिससँग कुरा गर्न गाउँको चिया पसलमा जान्छन्। “मैले यहाँ खुब रमाइलो जीवन बिताइरहेको छु। मैले यहाँका र छिमेकी गाउँका मानिस`हरूबारे धेरै थाहा पाउ`न सकेको छु।”

उनी अहिले सामा`न्य जिन्स र टिसर्टमा देखिन्छन् र कहिलेकाहीँ भारतका धेरै पुरुषले जस्तै उनी धोती लगाउँछन्। सञ्चारमाध्य`ममा उनका बारे समा`चार आउने भ`एर उनलाई स्थानीयले चिन्छन्। तर पनि उनी आफूलाई सेलिब्रेटी ज`स्तो मान्दैनन् । उनले आफ्नो गाउँको नाम प्रकाशित नगर्न भनेका छन् किनभने उनी मानि`सहरू खबरै नगरी नआ`उन् भन्ने चाहन्छन्।

“यहाँको ग्रामीण सामा`जिक जीवन निकै फरक छ। मानिसहरूसँग राम्रो साथी बनाउने समय छ। मानिस`हरूले घरमा खाना खान बोला`उँछन्। हालसालै म जब छिमेकी गाउँ गएँ मैले सायद १०/१५ जनासँग कुराकानी गरेँ।” भेम्बुका अनुसा`र उनी कहिल्यै पनि धनी र तडकभडक भएका व्यापारी थिए`नन् त्यसैले उनी यो गाउँ`मा सर्नु अघिको आफ्नो जीवन सम्झँदैनन्।

“मैले कहिल्यै पनि गल्फ खेलिनँ। म कहि`ल्यै पनि सामा`जिक प्राणी थिइनँ। म व्यापारका लागि यात्रा गर्थेँ तर अब त यी सबै भिडिओ मार्फतनै हुन्छ।” आफ्नो उद्योगमा आएका पछिल्ला कुराबारे थाहा पाउन उनी सामा`जिक सञ्जा`ल प्रयोग गर्छन्। को’रोना भाइरसको विश्वव्यापी महामारीले धेरै मानिसलाई घर`बाटै काम गर्न बाध्य पारेको छ। तर भेम्बु भने यस खेलमा निकै अघि थिए।

उनले म`हामारी अगाडि नै कर्मचारीहरू`लाई घरबाट काम गर्ने सुविधा दिएका थिए। उनको जोहो नामक कम्पनीले १० वर्षअघि नै भारतको तामिल`नाडू राज्यमा कार्या`लय स्थापना गरेको थियो। त्यस`यता जोहोले भारतका थुप्रै ग्रामीण भेगमा ३० भन्दाबढी साना कार्यालय हरू खोलिसके`को छ।

उनी किन यहाँ आए ? भेम्बु भारतमा जन्मि`एका हुन् र आफ्नो स्कुले दिनमा बिदाको समय पु`र्ख्यौली घरमा बिताएको समय सम्झन मन पराउँछन्। अध्ययनका लागि अमेरिका गए पनि र उतै काम भए पनि उनी सधैँ भारत`को आफ्नो गाउँमा उनी फर्किन चाहन्थे। श्रीधर`ले जब सान फ्रान्सिस्कोको बे एरिया छोडे उनको उक्त निर्ण`यप्रति उनका सहकर्मीहरू आश्चर्यच`कित भएनन्।

“एक तरिका`ले भन्ने हो भने श्रीधरले सधैँ कार्याल`यमा नरही टाढा रहेर नै काम गरे । जब उनी क्यालिफोर्नि`यामा थिए, हाम्रा ९० प्रतिशत भन्दा बढी कर्मचारीले भारतको चेन्नाइ`स्थित कार्यालयबाटै काम गरे,” जोहो कम्प`नीको मार्केटिङ तथा कस्टुमर एक्सपिरियन्स`का उपप्रमुख प्रबल सिंहले भने।

“विभिन्न भूगोलमा हाम्रो टोली फैलिए`काले प्रमुख कार्यकारी अधिकृत कहाँ बस्छन् भन्ने कुराले हाम्रो कामलाई असर गर्दैन” उनले भने। अमेरिका, ब्रजिल र लिङ्गापुर अनि भारतका विभिन्न गाउँ`मा रहेका आफ्ना कर्मचा`रीसँग भेम्बु निरन्तर अन्तर्क्रि`यामा रहन्छन्।

चेन्नइमा जोहोको ठूलो कार्यालय छ तर थुप्रै कर्मचारी`हरू आफ्नो गृहनगरबाटै काम गर्न रुचाउँछन् : आफ्नो व्यवसाय सुरु गर्नुभन्दा अघि भेम्बुले भार`त र अमेरिकाका उच्च शैक्षिक संस्थामा अध्ययन गरेका थिए। तर अहिले उनी शैक्षिक प्रणा लीको निन्दा गर्छन्। उनले मद्रासस्थित इन्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजी`बाट इन्जिनि`यरिङ गरे र त्यसपछि स्नातकोत्तर र विद्यावा`रिधिका लागि अमेरिका`को प्रिन्सटन विश्वविद्यालय गए।

तर पनि उनी आफ्नो सफ`लतामा शिक्षाको केही लेनादेना नभएको ठान्छन् । “म गणितको माथिल्लो क्षेत्रको प्राध्यापक बन्न तयारी गर्दै थिएँ तर अहिले म सामान्य हिसाब किताब गरिरहेको छु।” श्रीधर भन्छन् विद्यार्थीले दैनिक जीवनमा कसरी प्र`योग गर्न सक्छन् भन्ने नबु`झाई उनीहरूमा सन्दर्भ बिना सिद्धान्त`को प्रवर्तन गर्नु अर्थहीन छ।

“म तालिमले विद्युत्सम्ब`न्धी इन्जिनियर हुँ। मैले म्याक्सवे`लको समीकरण बढेँ र अहिले त्यसबारे म केहीपनि सम्झन्नँ।” कसरी शिक्षा दिनुपर्छ भन्नेबारे देखाउन भेम्बुले “जोहो विद्याल`यहरू” बनाएका छन् जसमा पढाउने र सिकाउने परम्प`रागत पद्धति अपनाउँदैनन्।

तालिमनाडूमा त्यस्ता दुई वटा विद्यालयहरू सञ्चालनमा छन्। र तेनकासी जिल्लामा रहेको एउटा विद्यालयमा उनी गइरहन्छन्। उनको विद्यालयमा सफ्टवे`यर प्रविधि, व्यवस्थापन, सिर्जनात्मक लेखन, डिजाइ`नजस्ता विषयमा दुई वर्ष लामो कार्य`क्रमहरू सञ्चालन गरिन्छ। यी विद्यालयमा भर्ना हुनका लागि १७ देखि २० वर्ष उमेरको हुनुपर्छ र कम्तीमा १२ वर्ष आधारभूत शिक्षा पाएको हुनुपर्छ।

विद्यार्थीहरू`लाई खाना खान दिइन्छ र प्रति महिना १४० डलर पनि खर्च दिइन्छ। “हामी प्रोग्रामिङ सिकाउँछौँ,” उनी भन्छन्। “यहाँ काम गर्दै सिकिन्छ।” “तपाईँ क`म्प्युटर विज्ञानको गहिरा सिद्धान्त नपढी उच्च कोटीको प्रोग्रामर बन्न सक्नुहुन्छ। यो कुरा सम्झन आव श्यक छ।” जोहो विद्याल`यहरूमा तालिम पाएका करिब ९०० विद्या`र्थीहरू अहिले श्रीधरको कम्पनीमा कार्यरत छन्।

आफ्नो कार्यालयमा श्रीधर : बिल गेट्स र वारेन बफेटजस्ता केही अर्बपतिले मात्रै आफ्नो ठूलो सम्पत्तिको हिस्सा परोप`कारी काममा लगाएका छन्। तर भेम्बु पश्चिमा शैलीलाई नक्कल गर्न इच्छुक छैनन्। उनी आफ्नो व्यापारमा सामा“जिक उत्तर दायित्व महत्त्वपूर्ण रहेको तर्क गर्छन् ।

“हामी धेरै गर्न चाहन्छौँ र त्यसलाई परोपकारी कामको संज्ञा दिन चाहँदैनौँ । जब हामी रोजगारीका लागि क्षमता विकासमा लगानी गरिरहेका छौँ भने हामी कम्पनीलाई मद्दत गरि रहेका छौँ र जो ता`लिम लिइरहेको छ उसलाई पनि सहयोग पुर्‍याइरहेका छौँ।”

तर उनी त्यहीँ रोकिनेवाला छैनन्। उनले दक्षिण भारतका ग्रामीण र अर्ध सहरी क्षेत्रका बि’रामीको आवश्य`कता पूरा गर्न २५० शय्याको अस्पताल बनाउने योजना घोषणा गरेका छन् । गत ज्यानुअरीमा उनलाई भारत सरकारले नागरिकलाई दिइने चौथो तहको राष्ट्रिय सम्मान प्रदान गरेको थियो। उनी राष्ट्रिय सुरक्षा सल्लाहकारको बोर्डमा पनि नियुक्त भएका छन्।

तर के उनी सधैँ गाउँमै बस्नेछन् ? महामारी सकिए पछि अमेरिकामा रहेको आफ्नो कार्या`लयमा जाने आशामा भेम्बु` छन् तर उनका अनुसार त्यो एउटा छोटो भ्रमण मात्रै हुनेछ। अमेरिकामा स्थायी रूपमा फर्किने कुनै योजना नरहेको र सिलि कन भ्या`लीको पैसाले आफूलाई नलोभ्याउने उनी बताउँछन्।

“म एउटा क|म्पनी चलाइरहेको छु। यो कम्प`नी धनी छ। तर त्यसको अर्थ त्यही अनुसारको जीवनशैली मेरो हुनुपर्छ भन्ने होइन। मेरो त्यसमा रुचि छैन।” “म के`हीका लागि पनि यो जीवन गु`माउन चाहन्नँ,” उनी खुलाउँ छन् । “हामी सोच्ने गर्छौँ कि पैसाले सबै कुरा हुन्छ। त्यो होइन। समाजसँग जोडिन आवश्यक छ।” – विविसी नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *