Exclusive: श्रीमानसंगै प”क्राउ परिन ज्वाला संग्रौला ! SP भन्छन, ‘मु”द्धा चलाउने तयारी हुदैछ’

समाचार

Exclusive: श्रीमानसंगै प”क्राउ परिन ज्वाला संग्रौला | SP भन्छन, ‘मु”द्धा चलाउने तयारी हुदैछ’ – Jawala

यो पनि पढ्नुहोस्।
समुद्री कीरा बाट बन्ने मोती तपाईं हामी सबैले देखेका छौँ । अझ सिनेमाहरूमा समुद्रको किनारामा फक्रिएको फूलजस्तो आकृतिको खबटा भित्र रहेको मोतीलाई निकै आकर्षक रूपमा देखाइएको हुन्छ । तर, समुद्रको गहनाको रूपमा परिचित मोती नेपाली माटोमा पनि पाइन्छ भन्ने के तपाईंलाई थाहा छ ? समुद्री जीवबाट उत्पादन हुने हुँदा नेपालमा मोतीलाई आयातीत रत्नको रूपमा लिने गरिन्छ ।

तर, मोरङको सुन्दर हरैँचाकी कमला राईले विगत तीन वर्षदेखि मोती समुद्रमा मात्र पाइन्छ भन्ने भ्रमलाई चिरिदिएकी छन्। उनले समुद्रलाई कुनै छेउले नछुएको नेपालमा नै मोती उत्पादन गर्न थालेकी छन् । नेपालमै मोतीको सम्भावना देखेर उत्पादनमा लागिपरेकी कमला अहिले व्यावसायिक रूपमा फड्को मार्दै छन् । सुन्दर हरैँचामा रहेको आफ्नो पुर्ख्यौली घरमा रहेको उनको श्री महाकाली पर्ल फार्मिङ एण्ड ट्रेनिङ सेन्टर त्यसैको उपज हो ।

जहाँ हरेक दिन मोती हेर्न उत्सुक भई आउनेहरूलाई नेपालमा मोतीको सम्भावाना रहेको देखाउने गरेकी छिन् । फार्ममा आउने जोकोहीले सुरुमा प्रश्नसहितको नजरले हेरे पनि फर्किंदा भने नयाँ उत्साह र केही गर्ने योजनासहित फर्किने गरेको कमला बताउँ छिन् । उनी भन्छिन्, ‘हरेक दिनजसो सिपीबाट मोती उत्पादन हुन्छ र ? भन्दै आउनुहुन्छ । कति त बाहिरैबाट हाँसेर हिड्न खोज्नुहुन्छ तर भित्र पसेर फार्म हेरिसकेपछि उहाँहरूमा छुट्टै उत्साह आएको महसुस गर्छु ।’

मोतीकाे उत्पादन नेपालमै सम्भव छ । र, मात्र ३ हजार रुपैयाँ भए मोतीको व्यावसायिक उत्पादन सुरु गर्न सकिन्छ भन्ने प्रमाण कमला स्वयम् हुन् । उनी तालिम लिएर सजिलै व्यवसाय सुरु गर्न आग्रह गर्छिन् । तीन वर्षको समयावधिमा उनले झण्डै ४ हजारभन्दा धेरै मोती उत्पादन गर्ने सिपीलाई आफ्नो पोखरीमा हुर्काइरहेकी छन् । योसँगै सफल रूपमा मोती पनि उत्पादन गर्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *