नेपालीले माल पाएर चाल नपाएको औ’षधिजन्य गुणले ‘भरिपूर्ण करीपत्ता’

स्वास्थ्य खबर

डा. अरुणा उप्रेती –केही अघि चीनको औषधि कम्पनीले पुदिनाले भाइरल इन्फ्लु’एञ्जाबाट बचाउने औषधि निर्माण गर्ने भन्दै ‘पेटेन्ट’ गर्न खोज्यो। तर, भारतका आयुर्वेद वैज्ञानिकहरूले आफ्नो उपचार पद्धतिमा वर्षौंदेखि पुदिनाको प्रयोग भइरहेको भन्दै ‘पेटेन्ट’ गर्न दिएनन्।

पुदिना हामीकहाँ पनि प्रशस्त पाइन्छ। तर, यसको महत्व हामीलाई अरूले नै बुझाइदिनुपर्ने भएको छ। प्राचीनकालदेखि नै औ’षधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हे’यभाव राख्छन् । करी पत्ता चाहिँ धेरैले चिनेकै छैनन् ।

‘करी’ पत्ता तराईतिर जताततै पाइने वनस्पति हो । यसको वैज्ञानिक नाम ‘मु’राया को’एनिजी’ हो । ‘करी’ पत्ता पोषणको दृष्टिले अतिउत्तम , यसलाई ‘मीठा’ नीम पनि भनिन्छ । औ’षधिजन्य गुण हुने तर तीतो नहुने भएकोले यसलाई मीठा नीम भनिएको हुनुपर्छ दक्षिण भारत र श्रीलंकामा करी पत्ताको प्रयोग अत्यधिक गरिन्छ ।

त्यहाँ जुनसुकै खानेकुरा पकाउँदा पनि करी पत्ता हालिन्छ । जनस्वास्थ्य विशेषज्ञका रूपमा श्रीलंकामा रहँदा खानेकुराबाट झिक्दै छेउमा राख्दै गरेको देखेर एक नर्सले ‘यो त साह्रै पौष्टिक हुन्छ, किन फालेको ?’ भन्दै असन्तुष्टि व्यक्त गरिन् ।त्यसपछि उनले करी पत्ता खाँदा हुने फाइदा बारे लामै व्याख्यान दिइन् ।

यसको नरम पातको अचार पनि बनाइँदो रहेछ । रसम (दाल) मा त यो नभई हुँदैन । त्यहाँ करी पत्ता नहालिएको खाना अपूर्ण मानिंदो रहेछ ।त्यसपछि मैले पनि करी पत्ता खान शुरू गरें । अहिले मेरा घरमा करी पत्ताको दुई बोट छन् । समय–समयमा यसको पात काँचै चपाउँछु ।

तरकारी बनाउँदा सम्झिएर हाल्छु । अचारमा बनाउँदा हरियो धनियाँसँगै करी पत्ता पनि मिसाउँछु ।करी पत्ता पोषणको भण्डार नै हो । यसको पात रेसादार हुन्छ । यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ । क्या’ल्सियम, फ’स्फोरस र फो’लिक ए’सिड हुन्छ ।

ग’र्भवती र सु’त्केरीलाई दिनु ला’भदायक मानिन्छ । स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फो’लिक ए’सिडले भ्रू’णलाई स्वस्थ रहन सहयोग गर्छ । मे’रुदण्ड राम्ररी विकसित नहुने स’मस्याबाट पनि जो’गाउँछ। तराईमा जताततै पाइने करी पत्ताबारे धेरैलाई खासै जानकारी रहेको देखिंदैन।

करी पत्ताका बारेमा केही अनुसन्धान पनि भएका छन् । म’धुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ किनभने यसले शरीरभित्र रहेको हर्माेन ‘इ’न्सुलिन’ को गतिविधिलाई प्रभावित गरेर रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । अपच हुने मानिसहरूलाई पनि खान दिइन्छ किनभने यसले मिर्गौलालाई त’न्दुरुस्त बनाउन सघाउँछ।

काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदोरहेछ । असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन् । यसलाई पानीमा उ’मालेर थोरै कागतीको रस र बिरेनून हालेपछि स्वादिष्ट पेय बन्छ । यस्तो पेयले पेटमा रहेको गडबडीलाई सञ्चो गर्ने परम्परागत मान्यता छ ।

यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो ह’टाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन्। हाम्रा भान्छामा प्रशस्त औ’षधि छन्। पुर्खाले त्यसैका भरमा रो’ग निको पार्दै आइरहेकै हुन्। तर, आधुनिक औ’षधि विज्ञानसँगै भान्छा र करेसाबारीमा पाइने त्यस्ता औ’षधि विस्थापित भइरहेका छन्।

त्यसैले सामान्यभन्दा सामान्य स्वास्थ्य स’मस्यामा पनि हामी ट्या’बलेट र सु’ईको भर पर्छौ। औ’षधिका लागि चर्को मूल्य ति’र्न बा’ध्य हुन्छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *