भाइरल इन्सपेक्टर श्याम थापा भन्छन्,पढेलेखेको प्रहरीले सहि गलत छुट्याउन सक्छन्(भिडियो हेर्नुहोस्)

समाचार

संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली गण्डकी प्रदेशका ताजा मूख्य मन्त्री बनेका छन्।उनीपछी अर्का नेता भाइरल बनेका छन्।संसदीय दलका नेता मूख्य मन्त्री,उप नेता बदनाम।आफ्नै मूख्य मन्त्रीलाई समेत छायामा पार्नेगरी संसद मेखलालको चर्चा यतिबेला चुलिएको छ।भिडियोमा संसद मेखलाल श्रेष्ठ र इन्स्पेक्टर श्याम थापाबीच भनाभन चल्छ।

संसदले इन्स्पेक्टरलाई टा’र्गेट गर्दै चो’री औंला देखाउँदै भन्छन्।तपाईंको हिसाबकिताब हुन्छ।इन्स्पेक्टर थापाले तत्कालै फड्कारेर जवाफ फर्काउँछन्,”हुन्छ,हुन्छ,श्याम थापा मगर हो है मेरो नाम।बैदाममा कार्यरत छु।उनले नाम नभुल्न संसदलाई चुनौती दिन्छन्।”त्यसपछि संसदलाई थप आक्रोशित भएर इन्स्पेक्टरलाई झपार्छन्,”फुर्ती नछाँट।”

इन्स्पेक्टरले पनि आफ्नो बर्दीमा टाँसिएको नेमप्लेट देखाउँदै जवाफ फर्काउँछन्,”फुर्ती छाँटेको होइन सर,तपाईंले हिसाब किताब गर्ने भन्नुभयो नि,त्यसैले मैले भनेको हो।नाम श्याम थापा मगर बैदाममा कार्यरत।”उनले हिसाब किताब गर्न सजिलो होस् भनेर आफ्नो नाम र ठेगाना सम्झन संसदलाई चुनौती दिन्छन्।उनै संसदलाई यसबारे सोध्दा भन्छन्,”उहाँ लाई कत्रो घमण्ड रहेछ,हिसाब’किताब बोल्न मिल्ने भाषा हो,संसदमा समेत गगन थापाले बोल्ने गरेका छन्।”

उनले आफूले बोलेको स्वीकार गरेनन्,उनलाई आफूले बोलेको भाषामा पनि कुनै हि’नता’बोध छैन,उल्टै उनी भन्छन्,”संसदमा यस्तो भाषा निरन्तर प्रयोग हुँदै आएको भाषा हो,अरुले त झन् मु’ख छा’डेरै बोल्छन् तर मैले त्यसरी बोलेको छैन।”माननीय ज्यूको यो भाषा त सभ्य कोटीमै पर्छ रे।रुखो व्यवहारका कारण प्रायः आ’लोचनाले घेरिने नेपाल प्रहरीले यतिबेला एकजना इन्स्पेक्टरका कारण सह्रना पाएको छ।

प्रहरीमा योग्य,स्वाभामानी र व्यवसायी कुशलता भएका यस्ता सदस्यहरू पनि छन् है भन्ने छनक इन्स्पेटर श्याम थापाले दिएका छन्।बिकृत राजनीतिको छायामुनी ला’चार बनेको भनिएको प्रहरी संगठन ब’दनाम हुँदै आएको छ तर श्याम थापा जस्ता प्रहरी अधिकारीहरूले त्यो प्रहरीले त्यो परिभाषालाई फेरिदिने आशा पनि जगाएका छन्।

नबिगार्नु,नडराउनु नीति प्रहरीमा स्थापित गर्न जरुरी छ।यसको मतलब राजनीतिक नेतृत्वमाथि वितृष्णा बढाउने र दलीय अवस्था कमजोर पार्ने ध्येय भने कदापि स्वीकार्य हुँदैन।त्यो हाम्रो म’क्सत पनि होइन।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला,धन्यवाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *