सरकारले खोल्यो नेपाली श्रमिक धेरै रहेको ७ देशको उडान

लकडाउन खबर

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी सातादेखि खुकुलो हुने भएमो छ। बुधबार राति सम्पन्न को-भि’ड १९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को बैठकले अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ।

जारी लकडाउन कायम राख्दै अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको हो। सरकारले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकको हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको सीसीएमसीको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो ।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वा’रेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि ब’जेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पा’लनाका साथ खोल्न दिने निर्णयसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *