रोनाल्डोको एक झ’ट्कामा कोकाकोलाको ४ अर्ब डलर डु’ब्यो

समाचार

काठमाडौं। पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको एक शब्दले कोकाकोलालाई अरबौं डलर घा’टा लागेको छ । युरो कप फुटबलमा आफ्नो खेलअघि भएको पत्रकार सम्मेलनमा रोनाल्डोले आफ्नो अगाडि राखिएका कोकाकोलाका बोतल ह’टाएको घटनाले कोकाकोलाई यति ठूलो झ’ट्का लागेको हो ।

द गार्डियनका अनुसार रोनाल्डोका कारण कोकाकोलालाई करिब ४ बिलियन डलर घाटा लागेको छ ।पोर्चुगलका कप्तान रोनाल्डो स्वास्थ्यप्रति अत्यन्तै सचेत व्यक्तिका रुपमा चिनिन्छन् । र, उनले उक्त पत्रकार स’म्मेलनमा का’र्बोनेटेड सफ्ट ड्रिं’कको बारेमा आफ्नो धारणा प्रस्ट पारेका छन् ।

हंगेरीको राजधानी बु’डापेस्टमा सोमबार आफ्नो र हं’गेरीबीच ग्रुप एफको खेलभन्दा अगाडि आ’योजित पत्रकार सम्मेलनमा रोनाल्डोले आफ्नो अगाडि भएका कोकाकोलाका बोतल ह’टाएका थिए । बोतल हटाएपछि रोनाल्डोले आफ्नो हातमा रहेको पानीको बोतल उ’ठाएर पोर्चुगिजमा ‘अगुआ !’

भनेर मानिसहरुलाई पानी पिउन प्रो’त्साहित गरेका थिए । पोर्चुगिज भाषामा अगुआको अर्थ पानी हो ।रोनाल्डोले यति गर्नेबित्तिकै कोकाकोलाको शेयर मूल्यमा १.६ प्रतिशतले गिरावट आएर प्रतिकित्ता ५६.१० डलरबाट घटेर ५५.२२ डलरमा झरेको छ ।यसले कोकाकोलाको बजार मूल्य २४२ बिलियन डलरबाट घटेर २३८ बिलियनमा झरेको छ ।

कोकाकोला युरो २०२० को प्रा’योजक हो । उसले मंगलबार एक वक्तव्य जारी गर्दै ‘हरेक व्यक्ति आफ्नो स्वाद र आवश्यकता अनुसार आफ्नो पे’य पदार्थको प्राथमिकता छान्न स्वतन्त्र भएको’ भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *