भर्खरै नेपालले खोलिदियो गण्डक ब्यारेजका ३६ वटै ढोका, भारतमा छिर्यो भीषण बाढी, खत’राको घण्टी बज्यो, (भिडियो हेर्नुहोस)

मौसम

भर्खरै नेपालले खोलिदियो गण्डक ब्यारेजका ३६ वटै ढोका, भारतमा छिर्यो भीषण बाढी, खत’राको घण्टी बज्यो, (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्व ३३ करोडको बजेट प्रस्तुत गरेको छ ।

मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले चालु आर्थिक वर्षको भन्दा झण्डै तीन अर्व कमको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षका लागि ३३ अर्व ३८ करोडको बजेट प्रस्तुत गरे ।

कोरोना महाकारीका बीच आएको बजेटमा यस वर्ष स्वास्थ्य क्षेत्रलाई भन्दा पनि भौतिक पूर्वाधारलाई बढी प्राथमिकता दिइएको छ । पूर्वाधारमा कुल बजेटको ३८ प्रतिशत भौतिक पूर्वाधार निर्माणमा विनियोजन गरिएको छ ।

प्रदेश सरकारले पूर्वाधारपछि स्वास्थ्यलाई प्राथमिकता दिएको छ । आगामी वर्षलाई अस्पताल स्तरोन्नती वर्षका रुपमा मनाउने भन्दै कोभिड नियन्त्रणका लागि ९० करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले, कृषि, वन, उद्योग शिक्षालाई प्राथमिकता दिए पनि खासै बजेटको आवश्यकता नहुने मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका लागि भने ४ प्रतिशत अथवा झण्डै सवा अर्व बजेट विनियोजन गरेको छ ।

बजेटमा प्रदेशसभा सजाउनका लागि १८ करोड ७८ लाख विनियोजन गरिएको छ । सेती प्रादेशीक अस्पतालमा ट्रमा सेन्टर, डोटीमा अस्पताल भवनका लागि बजेट विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *