नारायणी नदीले खतराको संकेत पनि पार गर्यो, विभागले जारी गर्यो यस्तो सूचना

मौसम समाचार

काठमाडौं । लगातार परेको वर्षाले देवघाटस्थित नारायणीमा नदीको जलसतहले खतराको बिन्दु समेत पार गरेको छ ।

नदी आसपासका स्थानियलाई सतर्क रहन आग्रह गरिएको छ । खतराको खण्टी बजाइएको छ सावधानीका उपाय अपनाउन भनिएको छ ।

जल तथा मौसम विभागका अनुसार नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले थप खतरा बढ्ने तर्फ संकेत गरेको छ। वर्षाको सम्भावना अझै रहेकोले विभागले चितवन र नवलपरासीको तटिय क्षेत्रमा भोली बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

यस्तै, विभागले पछिल्लो २४ घण्टामा चितवन, नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा, कास्की, म्याग्दी र आसपासका जिल्लाहरुमा भारी बर्षा भएको र थप बर्षा हुने पूर्वानुमान रहेको जनाएको छ।

विभागले यी क्षेत्रका नदीको तटीय क्षेत्र, कमजोर तथा भिरालो जमीन र डुबान भइरहने होचा स्थानमा पनि सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *