खाने तेल र माछामासुको मूल्य सोच्नै नसकिने गरी ह्वात्तै बढ्यो !

समाचार

यो वर्षको वैशाखमा घिउ, तेलमा अत्यधिक मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार एक वर्षमा घिउ, तेलको मूल्यमा २८ दशमलव २० प्रतिशतले मूल्य वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले पछिल्लो एक वर्षको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस अवधिमा मासु तथा माछाको मूल्य वृद्धि १७.१२ प्रतिशत रहेको जानकारी दिएको छ । त्यस्तै गैर मदिराजन्य पेय पदार्थको मूल्य ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि ९.८४ प्रतिशत रहेको छ ।

यस्तै, वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ।

सो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ।

थोक मुद्रास्फीतितर्फ गत वैशाखमा ८.०५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो। सो अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.८० प्रतिशत, ८.९८ प्रतिशत र ३.६२ प्रतिशत रहेको छ। यस्तै, निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.४४ प्रतिशत रहेको छ।

घ्यू, तेल तथा माछामासुको मूल्य वृद्धि यतिधेरै देखिदा उता श्रमिकहरुको आम्दानी वृद्धिदर भने खुम्चिएको छ । राष्ट्र बैंकका अनुसार तलब तथा ज्यालादर सूचकाङ्क वृद्धिदर निकै घटेको छ । पछिल्लो एक वर्षमा तलब तथा ज्यालादर १.८९ प्रतिशतले मात्रै बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *