एक्का’सी यस्तो निर्णय, परिवर्तन भयो निषे’धाज्ञाको मोडालिटी, असार १ गतेदेखि खुल्ने , यस्ता पसल खाेल्न पाउने (जानकारीका लागि सेयर गराै)

लकडाउन खबर

एक्का’सी यस्तो निर्णय, परिवर्तन भयो निषे’धाज्ञाको मोडालिटी, असार १ गतेदेखि खुल्ने , यस्ता पसल खाेल्न पाउने (जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमसएस) मा हुने ‘अल अर नन’ (एओेएन) को दुरुपयोग गरी हुने गरेको चलखेल रोक्न नेपाल स्टक एक्सचेन्जले नयाँ व्यवस्था लागू गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि लागू हुने गरी आईओएन नै रोक्का गर्ने भएको हो । ठूला लगानीकर्ताहरुले टीएमएसमा कृत्रिम खरिद तथा बिक्री चाप देखाई चलखेल गर्ने गरेको बोर्डको निष्कर्ष छ ।

कृषिमा अर्डर देखाएर सेयर मूल्य घटबढ गराउन खोजिएको जस्तो देखिएकाले कारोबार सम्बन्धी विद्यमान व्यवस्थामा केहि फेरबदल गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार नेप्सेलाई भोलिदेखि नै लागू हुने गरी निर्देशन दिइएको छ ।

‘अलि बाठा र ठूला लगानीकर्ताहरुले कृत्रिम अर्डर बस्ने गरेको पाइएको छ, यसले सोझा लगानीकर्ताहरु झुक्किने र फस्ने हुनसक्छ’ अध्यक्ष ढुंगानाले भने, ‘बाठाले थाहा पाउलान् तर अहिले धेरै लगानीकर्ताहरु नयाँ हुनुहुन्छ, वहाँहरुको सुरक्षाका लागि पनि हामीले यस्तो निर्देशन दिएका छौं ।

टीएमएसमा आईओएन भन्ने अप्सन रहेको हुन्छ । यो सिस्टम भनेको लगानीकर्तालाई चाहिए जति पाएमात्रै किन्न वा बेच्न सहज होस् भनेर बनाइएको सिस्टम हो ।

मानौं, तपाईले कुनै कम्पनीको २ सय रुपैयाँ दरमा एक हजार कित्ता सेयर किन्न अर्डरमा बस्नु भयो । सोही मूल्यमा अर्को एक हजार कित्ता बेच्ने मान्छे आयो भने मात्रै कारोबार हुन्छ ।

तपाईंले तोकेको मूल्यमा अर्को व्यक्ति बेच्न बसेको छ तर एक हजार कित्ता भन्दा एक कित्ता तल भए पनि कारोबार हुँदैन । खरिदमा जस्तै बिक्रीमा पनि सोहि व्यवस्था लागू हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *