पोखरामा सांसदले प्रहरी निरीक्षक थर्काए, प्रहरीले दिएको जवाफले सांसद नै भए लाजले भुतुक्कै (भिडियो हेर्नुहोस्)

समाचार

पोखरामा प्रदेश सरकारले उत्पन्न गराएको तरंग अझै सकिएको छैन । त्यहाँ हालै मुख्यमन्त्रीले पद गुमाए र नयाँ मुख्यमन्त्री सत्तामा आएका छन् । तर सांसदहरुले केही गोलमाल हुनसक्ने भन्दै कांग्रेस समर्थित सांसदहरु सहित प्रदेश प्रमुखको कार्यालयमा धर्ना बस्न गएका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

धर्ना कै क्रममा त्यहाँ सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र कांग्रेस सांसद मेखलाल श्रेष्ठ बिच केही विवाद हुन्छ । सांसद श्रेष्ठ केपी सिस्टम छ, यति तानाशाह छ भन्दै प्रहरी इन्स्पेक्टरतिर फर्कन्छन् र चोरी औंला देखाउँदै भन्छन्, तपाईंको हिसाबकिताब हुन्छ के। उनले हिसाबकिताब हुन्छ भनेपछि इन्स्पेक्टर जवाफ दिन्छन्, हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

त्यसपछि इन्सपेक्टरलाई सांसद श्रेष्ठ फेरि भन्छन्, फुर्ती नछाटम् । फुर्ती छाटेको होइन सर, तपाईंले हिसाबकिताब भन्नुभयो नि, छातीमा टाँसिएको आफ्नो नेमप्लेट देखाउँदै इन्स्पेक्टर भन्छन्, श्याम थापा मगर है।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

अहिले यो भिडियो ट्वीटरमा खुब सेयर गरिएको छ ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *