काठमाडौँ उपत्यकामा फेरि १५ दिन निषेधाज्ञा थप्ने तयारी, सवारी साधन जोरबिजोर लागु गरिने

लकडाउन खबर

काठमाडौँ– को’रोना भाइरस संक्रमण महामारीका कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी भएको छ। काठमाडौँ उपत्यकामा को’रोना भाइरस संक्रमण दरमा कमि आएपनि जो’खिम कामयै रहेको भन्दै निषेधाज्ञा पुनः थप गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

काठमाडौँमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका विषयमा छलफल गर्न आज दिउँसो २ बजेपछि राजधानीका तीन जना नै प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ । राजधानीमा को’रोना भाइरस संक्रमणको जो’खिम कायमै रहेकोले एक सातादेखि १५ दिनसम्म निषेधाज्ञा थप गर्ने अनौपचारिक छलफल भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

उनले भने, ‘आज हामी राजधानीका तीन वटै जिल्ला प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । बैठकले निषेधाज्ञाको विषयमा निर्णय गर्नेछ ।’ प्रमुख जिल्ला अधिकारी पराजुलीले जारी निषेधाज्ञा थपिए पनि अहिलेको भन्दा केही खु’कुलो गर्ने तयारी रहेको बताए ।

उनका अनुसार यसपटक विकास निर्माणलाई थप प्राथमिकतामा राखेर सञ्चालन गर्न दिइने छ। त्यस्तै बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएकमा त्यसलाई केही थप गरिने छ । त्यसैगरी अन्य पसलहरूका लागि पनि समय तो’केर खोल्न दिने तयारी भएको छ ।

यसबाहेक पूर्ण स्वास्थ्य मा’पदण्ड अनिवार्य पालना गराउँदै निजी सवारी साधन जोरबिजोर लागु गर्नेसम्मको प्रशासनको तयारी छ । यद्यपी नि’षेधाज्ञाको मोडालिटी कस्तो हुनेबारे निर्णय भइनसकेको र अहिले सरोकारवालासँग छलफलकै क्रममा रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि (जेठ ३१ गते)राति १२ बजे सकिँदैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *