सभामुखले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्री ओली गएनन्, के – के भयो निर्णय हेर्नुस् , (भिडियो हेर्नुहोस)

राजनीतिक खबर

सभामुखले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्री ओली गएनन्, के – के भयो निर्णय हेर्नुस् , (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
पूर्वप्रधानमन्त्री र दलका शीर्ष नेताले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

शुक्रबार संघीय संसद्‍ भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको छलफलमा सहभागी पूर्वप्रधानमन्त्री र दलका शीर्ष नेताले यस्तो बताएका हुन्।

छलफलपछि पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्वपूर्ण रहेकाले त्यसमा लाग्न सुझाव दिएको बताए। ‘उहाँको हातमा महत्वपूर्ण जिम्मेवारी छ’, सभामुखलाई तपाईंहरुले के सुझाव दिनुभयो भन्ने पत्रकारको प्रश्नको जवाफमा भट्टराईले भने, ‘लोकतन्त्रको रक्षाका लागि लाग्नुहोस्, हाम्रो सहयोग रहन्छ, भन्याँै।’

सभामुख सापकोटाले संविधान भित्र रहेर लोकतन्त्रको रक्षाका लागि काम गर्ने बताएका छन्। सभामुखको भनाइ उद्धृत गर्दै बाबुरामले थपे, ‘संविधानभित्र रहेर लोकतन्त्रको रक्षाका लागि काम गर्छु भन्नु भएको छ।’ बाबुरामले अर्को चुनाव नहुँदासम्म सभामुखको पद रहने हुँदा समसामयिक विषयमा छलफलको आयोजना गर्नु स्वभाविक भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *