दुर्गा प्रसाईको लगानीमा प्रचण्डपुत्री गंगा र रेणुको घर (भिडीयो)

समाचार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका मेडिकल सञ्चालक दुर्गा प्रसाईले प्रचण्ड पुत्री गंगा र रेणुलाई घर वनाउन पैसा दिएको खुलासा गरेका छन्।

हालै सार्वजनिक भएको एउटा भिडियोमा प्रसाई आफैले गंगा र रेणुको घर वनाउन पैसा दिएको खुलासा गरेका हुन । प्रस्तोताले ‘प्रचण्डको लगानी छ भन्दै सोधेको प्रश्नमा उनले यस्तो खुलासा गरेका छन् ।प्रचण्डको चाराना पैसा लगानी छैन, माँ कसम छैन ।हावा कुरो क्या, फोगटिया कुरो ।

मैले अस्ति भनेंत, म दक्षिणकाली मातालाई साक्षी राखे भन्छु, प्रचण्डको चाराना पैसा लगानी छैन ।मैले वरु गंगालाई घर वनाउँदा पैसा हालिदिएँ, रेणुलाई घर भनाउँदा पैसा हालिदिएको छु। ति वहिनीहरुलाई घर वनाउँदा, मेरो पारिवारीक रिलेसन छ। गंगा–रेणुलाई घर वनाउँदा वरु मैले घर वनाउँदा पैसा हाल्दिएको। सहयोग गरेको।’ भिडीयो

थप समाचार –नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता हुन नसक्नुमा मूल जड भनेकै अध्यक्ष केपी शर्मा ओली, नेता माधव कुमार नेपाल र झलनाथ खनाल रहेको आरोप लगाउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले आफ्नै पार्टीका वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालसँग सहकार्य गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताउनुभएको छ। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अरु विषयमा गठबन्धन गर्न तयार हुने अध्यक्ष ओली आफ्नै पार्टीका नेतासँग मिल्न नसक्नु नै बिडम्बना रहेको उहाँकाे भनाइ छ ।

यस्तै उहाँले आफ्नै पार्टी अध्यक्ष ओलीसँग मिल्न तयार नहुने तर विपक्षी गठबन्धन बनाएर अघि बढेको भन्दै माधव नेपाल र झलनाथ खनालप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएकाे छ । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवसँग सत्ता साझेदारी र अरु विषयमा गठबन्धन गर्न तयार हुने खनाल–नेपाल समूहले अध्यक्ष ओलीसँग मिल्न तयार नहुनु पनि समस्याको जड रहेको उहाँले बताउनुभयो ।

पछिल्ला यस्ता गतिविधिहरु कस्ले, किन र केका लागि गर्दैछ भन्ने प्रश्न गर्दै उहाँले यी समस्या यथावत रहेसम्म एमाले एकताको सम्भावना कम रहेको बताउनुभयो । यसबारे पार्टीका शीर्ष नेताहरुबीच गम्भीर छलफल गरेर साझा निष्कर्ष निकाल्न साझा अभियानमार्फत एमालेलाई बचाउनुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *