कहिले खुल्छ आन्तरिक उडान, मन्त्रालयको यस्तो छ जवाफ

लकडाउन खबर

काठमाडौ । लामो समय देखि बन्द रहँदा आफुहरु समस्यामा परेको भन्दै आन्तरिक उडान खोल्न हवाइ क्षेत्रका व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गरेका छन्।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

स्वस्थ्य मापदण्ड पालना गर्दै हवाई सेवा संचालन गर्न पाउनुपर्ने माग राख्दै ब्यवसायीहरुले प्रस्ताव पेश गरेका हुन् । उनीहरुले हवाइ यात्रा सुरक्षित रहेको तर्क गरको छन् । सरकाले आन्तरिक उडान अनिश्चित कालसम्मको लागि स्थगन गरेको छ। व्यवसायीले महामारी घट्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोल्नुपर्ने बताएका छन्।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक उडान खोल्न प्रस्ताव गरेको भएपनि मन्त्रालयमा यसवारेमा कुनै छलफल नभएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयको निर्णयले मात्र हवाई सेवा सुचारु नहुने र त्यसको निर्णय मन्त्रीपरिषद्वाट हुने भएकाले यसवारेमा मन्त्रालयमा कुनै छलफल नभएको बताइएको छ ।

मन्त्रालयका हवाइ महाशाखा प्रमुख बुद्धि सागर लामिछानेले ‘मन्त्रालयले खोल्ने भने पनि मन्त्रिपरिषदले गर्ने निर्णय भएकाले तत्काल केही भन्न नसकिने बताए ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *