खुशिको खबर! ग्रेटर नेपाल फिर्ता! भारतीय बिज्ञले नै ग्रेटर नेपाल फिर्ता गर्नु पर्छ भनेपछि, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

भिडियो

खुशिको खबर! ग्रेटर नेपाल फिर्ता! भारतीय बिज्ञले नै ग्रेटर नेपाल फिर्ता गर्नु पर्छ भनेपछि, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
संसारकै मोटो भनेर चिनिने १ सय ९३ किलो भएका एक बालकले एक सय ८ किलो तौल घटाएका छन् । उनले २०१६ बाट तौल घटाउन सुरु गरेका थिए ।

इन्डोनेसिया जन्मिएका आर्या परमाना नाम गरेको मोटो बालकको तौल घटाएको तस्वीर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । उनले आफ्नो तौल घटाउन कडा परिश्रम र मेहनत गरेको जनाएको छ ।

परमानाको तस्वीर र भिडियो अदे राय नामका एक प्रयोगकर्ताले सार्वजनिक गरेको डेली मेलमा उल्लेख छ । उनले तौल घटाउनका लागि भ्यारिएट्रिक सर्जरी, डाइट प्लान र दैनिक कसरत गरेको उनको पिताले बताएका छन् ।शरीरलाई एक पटक सर्जरी गरिसकेको परमानाको फेरि पनि दोस्रो पटक सर्जरी गर्नु पर्ने जनाइएको छ । डाक्टरहरुका अनुसार उनको झोलिएका छाला हटाउनको लागि कमसेकम २ पटक सर्जरी गर्नुपर्ने भएको हो ।

यो पनि, कर्णाली कोरिडोरको निर्माण तीव्र
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो । चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य शुरु भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताउनुभयो ।

सिमिकोट–हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भिर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ । दुई महिनाभित्र यस खण्डको ‘ब्रेक थ्रु’ भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिनेछ । त्यसैगरी सिमिकोट सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भिर ब्रेकर करिब

एक महिना लगाएर फुटाइसकेको हुँदा हुम्लाको चङ्खेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सडक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्मा खुलिसकेको र ट्र्याक्टरसमेत पुगिसकेको अवस्था रहेको सपना धुलिखेल जेभी काठमाडौँका आधिकारिक प्रतिनिधिले जानकारी दिनुभयो । अब दुल्लीकुनाको भीर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायतका उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको र भिर फुटाउने कामसमेत चाँडै शुरु हुने उहाँले जानकारी दिनुभयो ।

खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौँडामा ४०० मिटरको भिरबाट अब एक्साभेटर मेसिन छिर्न सक्ने पि एस दि क्याराभान कङ्ग्री जेभीका स्थानीय प्रतिनिधि क्याछोक लामाले बताउनुभयो ।

योजना कार्यालय सिमिकोटबाट प्राप्त जानकारीअनुसार अब ट्र्याक खोल्न करिब १५ किलोमिटर मात्र बाँकी छ । विशेषगरी असाध्यै अप्ठ्यारो छारे भिर करिब एक किलोमिटर रहेकामा उक्त भिरको एलाइन्मेन्ट छलेर दुईवटा बेलिब्रिज पुल जडान गर्न सके र निर्माण व्यवसायीले निर्माण कार्यमा तदारुकता देखाए हुम्ला जिल्लाको सदरमुकाम जोड्ने कार्य अबको एक वर्षभित्र सकिने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *