सकियो विमानको युग, काठमाडौबाट २० मिनेटमा दिल्ली पुग्ने नयाँ यातायात हाइपरलूप आयो

अन्तरास्ट्रिय

काठमाडौ । तपाई कसै न कसैले हाइपरलूपका बारेमा सुन्नुभएको हुनुपर्छ । अबको नयाँ युगको यातायात हो भर्जिन हाइपरलूप ।यसले अब विमानको युग अन्त्य गर्ने भएको छ । नयाँ युगको यातायात भर्जिन हाइपरलूप मानव सवार सहित सफल परीक्षण भएको छ ।

सुपर हाई स्पीड ( लेविटेटिङ्ग पड सिस्टम रहेको यो नयाँ यातायातको साधन अहिलेसम्म पत्ता लागेको सबैभन्दा द्रुत गतिको सवारी हो ।यसमा विश्वकै पहिलो यात्रीले सवारी पूरा गरिसकेको सुखद खबर आएको छ ।कम्पनीले भन्यो की एक महत्वपूर्ण सुरक्षा परीक्षण पूरा भएको छ ।

जसमा मानव कार्गो परिवहन दुबै उडानमा सफलता हात परेको छ ।भर्जिन हाइपरलूप कम्पनीका प्रमुख जोश गिगेल, यसका मुख्य व्यवसायीक अधिकारी तथा यात्री सारा लुचियन सहितले यात्राको अनुभव लिइसकेका छन् ।अमेरिकाको लस भेगासबाट यसको परीक्षण गरिएको थियो ।

परीक्षण स्थलबाट यो १७२ किलोमिटर प्रतिघण्टाका दरमा चलाईएको थियो ।पहिलो परीक्षण भएकाले यात्रीले कस्तो अनुभव गर्छन भन्ने हेर्नु थियो यसैले पूर्ण क्षमतामा चलाइएन ।

भर्जिन हाइपरलूपका अध्यक्ष तथा डीपी वर्ल्ड ग्रुपका अध्यक्ष चीफ एक्जीक्यूटिव सुल्तान अहमद बिन सुलेयम भने की मेरो आँखा अगाडी नै दुनियाँले नदेखेको सपना साकार हुँदा अति नै आनन्द मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *