बुबा अपाङ्ग औषधी गर्ने पैसा भएन, लकडाउनमा दाउरा लिन जादा कसैले नसोचेको भयो

समाचार

पोखरा ७ घारीपाटनका सूर्य परियार एउटै थलो परेको करिब एक महिना भयो । कमाउने र परिवार पाल्ने छोरो नै यस्तो अवस्थामा भएपछि घरमा चुल्हो बल्नै छोड्यो । खाना पकाउने ग्याँस सकिएपछि सूर्य दाउरा खोज्न जंगल जाँदा उनी रुखबाट खसे र बेहोस् भए ।

पछि उनको कम्मर भन्दा तलको भाग चल्दैन । आर्थिक अवस्था निकै कमजोर भएकाले परिवारले उपचार गर्न सकेन । वडाको सिफारिस भएपनि सरकारी अस्पतालले समेत केही नगरि फर्काईदिएको परिवारले गुनासो गर्छन् ।

सूर्यका बाबु प्रेमबहादुरको पनि एउटा खुट्टा नै छैन बैशाखीको भरमा जीवन जीएका प्रेमबहादुरको परिवारमा झन बज्रपात भयो जब ठूलो छोरा पनि अपाङ्ग भए । उमेरले करिब ७० काटेकी छलिमाया परियार जवान छोरोको यो अवस्था देखेर भकानिदै रुन्छिन् ।

छोराको उपचार गरेर काममा फर्कने आस उनको छ तर पनि उनीहरुसंग पैसा छैन, पैसाको त कुरै छोडम घरमा खाने अन्न समेत छैन ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *