पर्सिदेखि निषेधाज्ञाको नयाँ नियम परिबर्तन हुदै, अब बिहान ९ बजेसम्म खाेल्न पाइने

लकडाउन खबर

नि’षेधाज्ञाबारे निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ । काे’राेनाकाे फैलावट राेक्न लागू गरिएकाे नि’षेधाज्ञालाई कस्ताे बनाउने, तीन सीडीओकाे बैठकले नि’धाे गर्ने छ ।

निषेधाज्ञालाई १० दिन थप्नेबारे हिजाे छलफल भएकाे थियाे । भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले हिजाे भएकाे छलफलअनुसार नै निर्णय हुन सक्ने बताए । तर, नि’षेधाज्ञाका नयाँ नियमबारे भने आजकाे छलफलपछि मात्र भन्न सकिने उनकाे भनाइ छ ।

स्राेतका अनुसार यसअघिभन्दा निषेधाज्ञालाई केही खुकुलाे बनाउने तयारी छ, जसअनुसार खाद्य तथा किराना पसल, तरकारी पसल, डिपार्टमेन्ट स्टोरको खाद्य शाखा मात्र बिहान ९ बजेसम्म खोल्न दिइने छ । सार्वजनिक निर्माणका ढुवानी सवारी साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन दिइने छ ।

भन्सारबाट ए’क्जिट नोट जारी भएका मा’लवाहक सवारी साधन र छुटाउन जाने एजेन्ट कर्मचारीलाई भन्सार प्रमुखले सिफारिस गरेका कर्मचारीलाई जान दिइने छ । विकास बैंक र वाणिज्य बैंकहरू सीमित कर्मचारीका लागि सवारी साधन चलाएर खुल्न गर्न पाउने छन् ।

नयाँ नियम २१ जेठदेखि लागू हुनेछ । गत १६ वैशाखदेखि जारी भएको नि’षेधाज्ञा २० जेठमा सकिँदैछ । उपत्यकामा को’रोना महामारीको चेन ब्रेक गर्न नि’षेधाज्ञा लगाइएको अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *