निषेधाज्ञाको समयमा सरकारी गाडीमै स्वयम्भु पुगेर एक जोडी ‘डेटिङमा लिप्त’

समाचार

काठमाडौँ– कोरोना भाइरस संक्रमणको महामारी बढेसँगै राजधानीलगायत देशका अधिकांश जिल्लामा नि´षेधाज्ञा जारी छ ।यही निषेधाज्ञाको समयमा गत आइतबार काठमाडौंको स्वयम्भु डाँडामा अचम्मको दृश्य देखियो ।

सरकारी गाडी लिएर एक जोडी ‘डेटिङमा लिप्त’ भेटिएका हुन् ।आइतबार बिहान करिब ११ बजेको समयमा प्रदेश नं. ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक जोडी स्वयम्भु पुगे । सरकारी नम्बर प्लेट भएकाले उनीहरुलाई नत प्रहरीले वास्ता गर्यो, नत अरु कसैले ।

उनीहरु स्वयम्भुमा पुगेर ‘असाधरण’ गतिविधि देखाउन थाले । सरकारी गाडीमा पुगेका ती जोडीले अनैतिक गतिविधि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए ।
स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा उक्त जोडी डाँडामा एक कुनामा मोजमस्तीमा लिप्त देखेपछि उनले तस्बिर तथा भिडियो कैद गरेका थिए ।

जोडीको उक्त हर्कतपछि पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिए र तत्कालै गाडी स्टार्ट गरेर भागेका थिए ।बिहान ११ बजे स्वयम्भु पुगेको उक्त जोडी पत्रकार भण्डारीले प्रश्न गर्नथालेपछी १२:४५ बजे त्यहाँबाट निस्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *