भावपूर्ण श्रद्धाञ्जली ! विवेकशील साझाका नेता उज्वल थापाको निधन

समाचार

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । संक्रमित रहेका थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो ।

आज दिउसो मात्र भेन्टिलेटरवाट निकालेको जानकारी दिएको अस्पतालले परिवारको मन्जुरी विना अन्य कुरा बताउन नमिल्ने जनाएको थियो । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले पुष्टी गरेका हुन्।

नेपालमा कुनै ठूला राजनीतिक दलका नेता बिरामी पर्ने वित्तिकै जनतामा आ’क्रोश पैदा हुन्छ। कारण नेता बिरामी भएपछि राज्यकोषको दुरुपयोग हुन्छ भनेर। तर विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य उपचारको लागि जनता आफैले स्वःस्फूर्तरुपमा सहयोग गरे।

आफूलाई राजनीतिक अभियानकर्मी बताउने थापाको अध्यक्षतामा सन् २०१३ मा विवेकशील नेपाली पार्टी स्थापना भएको थियो। उनले सन् २०१९ को अक्टोबर महिनामा उक्त जिम्मेवारी छाडेका थिए। करिब एक दशकदेखि राजनीतिमा संलग्न रहँदै आए पनि उज्ज्वल प्रमुख राजनीतिक पार्टीमा आबद्ध लोकप्रिय नेता होइनन्।

उनी राजनीतिमा संलग्न त छन्, तर उनको उपस्थिति प्रत्यक्ष देखिने गरी बनिसकेको छैन। उनको पार्टीले पहिले विवेकशील नेपाली दलका रूपमा र पछि विवेकशील साझा पार्टीका रूपमा चुनावमा भाग लिँदा पनि खासै सफलता पाउन सकेन।

चवालीस वर्षीय थापा देशका अरू राजनीतिज्ञका भिडमा एक खालको ‘अपवाद’ भएको त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागकी उपप्राध्यापक नीति अर्याल खनाल बताउँछिन्। उनले भनिन्, “विभिन्न किसिमका सङ्घर्ष गरेर आएका र जनताले विश्वास गरेका नेताहरू विभिन्न किसिमका राजनीतिक खिचातानी र भ्रष्टाचारमा संलग्न हुँदा जनताले उहाँहरूलाई हेर्ने दृष्टिकोण एकदम नकारात्मक भएर गएको छ।”

“उज्ज्वल थापाहरूको ‘नेपाल खुल्लै छ’ भन्ने अभियानले राजनीतिक कारणले आयोजना गरिने बन्दका कारण उत्पन्न निराशाको वातावरणविरुद्ध आवाज उठायो। त्यस्तै महिला हिंसाविरुद्ध बालुवाटारमा अघि बढाइएको अभियानमा पनि उहाँहरू सक्रिय भएर लाग्नुभयो र युवाहरूलाई परिचालन गरेर वैकल्पिक राजनीतिक धार स्थापना गर्न उहाँहरू सक्रिय हुनुभयो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *