सं’क्रमण बढेपछि मलेसियामा मंगलबार देखि १४ दिनसम्म लकडाउन (जानकारीका लागि सेयर)

अन्तरास्ट्रिय

रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा सोमबार अर्थात् जुन १ तारिखदेखि १४ दिनसम्म लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमणको दोश्रो लहरले विश्वनै आक्रान्त पारिरहँदा मलेसियामा संक्रमण बढेपछि पूर्ण लकडाउनको निर्णय भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जुन १ देखि १४ सम्म मलेसिया सरकारले अत्यावश्यक बाहेक सबै प्रकारका आर्थिक र सामाजिक गतिविधिमा रोक लगाउने निर्णय गरेको छ ।

खाद्यान्न, स्वास्थ्य क्षेत्र, पानी, बिजुली, सुरक्षा, इन्धन आयात निर्यात, बैङ्क तथा वित्तीय संस्था लगायतका १७ वटा अत्यावश्यक क्षेत्र बाहेक अन्य क्षेत्र सञ्चालन नहुने द स्टार पत्रिकाले जनाएको छ ।

त्यहाँ कार्यरत नेपालीसहित अन्य श्रमिकहरूलाई काममा आवतजावत गर्नका लागि यसअघि जारी गरिएका सबै पासहरू पनि रद्द गरिएको जनाइएको छ । कामको क्षेत्र अनुसार सम्बन्धित निकायले फेरि पास जारी गर्ने जनाएको छ ।

दुई हप्तापछि संक्रमणको अवस्था हेरेर केही खुकुलो पार्दै लैजाने जनाइएको छ । लकडाउन अवधिभर बाहिर ननिस्कन र घरमै बसेर सुरक्षित रहन त्यहाँस्थित नेपाली दूतावासले सबैमा नेपाली समुदायलाई अनुरोध गरेको छ ।

मलेसियमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ लाख ६५ हजार ५३३ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या ४ लाख ८४ हजार ७८७ पुगेको छ भने अहिलेसम्म संक्रमणबाट २ हजार ९२७ जनाको मृत्यु भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

केही दिनअघि एक कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कोरोना संक्रमण (कोभिड -१९) का कारण मलेसियामा ९ जना नेपालीको मृत्यु भएको बताएका थिए । मलेसियामा विभिन्न क्षेत्रमा गरी करिव ४ लाख नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *