काठमाडौंमा जेठको अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारी

लकडाउन खबर

काठमाडौं। कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छन् ।

काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् । सो अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेविरुद्ध ‘होल्ड’ कारबाही अन्तर्गत सवारी साधनको हकमा साँझ ६ बजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाइबुझाइ गरी फर्काइँदै आएको छ ।

तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारीपछि जरिवाना तथा कैद सजायको तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना सङ्क्रमण नघटेपछि चौथो पटक थप कडाइ गरिएको स्पष्ट पारे ।

सोही रणनीतिअनुसार खाद्य, थोक तथा किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पूर्ण रूपमा बन्द गरिएको उनको दाबी छ । अवस्था हेरेर निषेधाज्ञा थपिन सक्ने उनले बताए । गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित विषय

  • २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १,८०६ वटा सवारी साधन नियन्त्रणमा
    उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा लागू गर्ने तयारी, सीडीओले भने – ‘नो’ कम्प्रोमाइज
    उपत्यकामा वैशाख ३० गतेदेखि अत्यावश्यकबाहेक सबै कार्यालय बन्द गर्ने निर्णय
    खाद्यान्न पसल विहान १० बजेसम्म खोल्न पाइने, पार्टी प्यालेस बन्द
    उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा, विवाहमा बढीमा १० जना मात्र सहभागी हुन पाइने
    काठमाडौंमा थप १५ दिन लकडाउन गर्ने निर्णय
    उपत्यकामा थप कडाइ गर्दै एक साता निषेधाज्ञा थपियो, सडकमा हिडे कारवाही
    उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने
    उपत्यकामा एकैदिन ३,६६६ जनामा संक्रमण, निषेधाज्ञामाथि नै प्रश्न !
    यी हुन् अहिलेसम्म निषेधाज्ञा लागू भएका नेपालका ४२ जिल्लाहरु (सूचीसहित)
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *