ओली सरकारको आइडिया, भारतलाई बालुवा र ढुंगा बेचेर व्यापार घाटा कम गर्ने

राजनीतिक खबर

काठमाडौं । ओली सरकारले अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटमा नेपालको ढुंगा, गिटी र बालुवा भारतलाई बेचेर व्यापार घाटा कम गर्ने ‘आइडिया’ फुराइएको छ । वातावरणविदले भने सरकारको यस्तो आइडियाले नेपालको चुरे क्षेत्र सखाप हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटको १९९ नम्बर बुँदामा भनिएको छ,‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ।’

बजेटका गरिएको यस्तो व्यवस्था देखेर आफू चकित परेको एकजना वातावरणविदले बताए । ‘ढुंगा, गिट्टी, बालुवा निकासी गरिनेछ भनिएको भए स्वदेशमै निकासी गर्न दिइने बुझिन्थ्यो’ ती वातावरणविद भन्छन्, ‘तर, निकासी गरी व्यापार घाटा कम गरिनेछ भनिएको हुनाले भारतमा निकासी गर्न दिइने प्रष्ट अर्थ लाग्छ ।’

तर, ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा ढुंगा, गिट्टी, बालुवा बेचेर व्यापार घाटा कम गर्ने नीति ल्याइएको छ । राष्ट्रपतिका नामबाट राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएको छ । तर, राष्ट्रपतिबाट जारी भएको विनियोजन अध्यादेशमा ढुंगा, गिट्टी, बालुवा विदेश निकासी गर्ने प्रावधान राखिनु अनौठो भएको विज्ञ बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *