‘ऐतिहासिक बजेट, अब गाडी १० लाखसम्म सस्तो हुने

अटो सम्बन्धि अर्थ खबर

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नै पार्टीका पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाको बजेट नीतिमा ब्रेक थ्रु गरेका छन् । शनिबार सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका मन्त्री पौडेलले विद्युतीय सवारीको करको दर हेरफेर गरेर खतिवडाको नीतिमा छलाङ मारेका हुन् ।

पौडेलले बजेटमार्फत विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क कर पूर्णरुपमा हटाएका छन् भने भन्सार शुल्कमा गाडीको क्षमता हेरेर १० देखि अधिकतम ४० प्रतिशत सम्म लाग्ने व्यवस्था गरेका छन् । जबकी गत वर्ष चालू आर्थिक वर्षको बजेटमार्फत पूर्व अर्थमन्त्री खतिवडाले भन्सार र अन्तःशुल्क अधिकतम ८० प्रतिशत सम्म लाग्ने व्यवस्था गरेका थिए ।

सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनमा लाग्ने अन्तःशुल्क पुरै मिनाहा गरिएको छ भने भन्सार दर गाडीमा जडान भएको मोटर क्षमताको आधारमा लाग्ने व्यवस्था गरेको छ ।आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई अटोमोबाइल्स व्यवसायीले पूर्ण स्वागत गरेका छन् ।

अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्ण प्रसाद दुलालले नाडाका सबै सुझाव बजेटमार्फत सम्बोधन भएको भन्दै बजेटको मुक्तकण्ठले प्रशंसा गरेका छन् । विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तशुल्क पूरै मिनाहा हुँदा एउटा बिजुली गाडी १० लाखसम्म सस्तो हुने उनको भनाई छ । यो सुझाव नाडाले दिएको थियो ।

त्यस्तै ५ सय विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउने, काठमाडौँमा साझा यातायातसँगको सहकार्यमा १ सय वटा विद्युतीय बस चलाउने र सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पनि खर्चमा देखाउन पाउने, कर बुझाउने वित्तिक्कै स्वतः कर चुक्ताको प्रमाणपत्र पाउने र यसले खाता प्रमाणित गर्नुपर्ने झण्झट नहुने, २० लाख सम्मको आम्दानीमा ९० प्रतिशत आयकर छुट जस्ता विषय एकै पटक सम्बोधन भएकाले यो बजेट ऐतिहासिक भएको नाडाका अध्यक्ष दुलालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *