सवारीमा लाग्ने सबै प्रकारका कर छुट,ग,रिबी निवारण कोष खारेज

अर्थ खबर

सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिने बताए । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलले जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए । त्यस्तै सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।

गरिबी निवारण कोष खारेज

सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए । यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।थप समाचार को लागि तल क्लिक गर्नुहोला

कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन

सरकारले कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैया विनियोजन गरेको छ । त्यस्तै खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैया विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम विनियोजन गरेको सार्वजनिक गरेका हुन् ।थप समाचार को लागि तल क्लिक गर्नुहोला

सहकारीलाई संस्थालाई सरकारले अनुदान दिने

सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाहरुले सहुलियत ऋण पाउने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७० को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । सहकारीको माध्यमबाट कृषि कार्य गर्न अनुदान दिने उनले बताए । संस्थालाई वलियो बनाउनका लागि पनि सरकारले आवश्यक भूमीका खेल्ने उनले बताए ।थप समाचार को लागि तल क्लिक गर्नुहोला

काठमाडौ । सरकारले सवारीमा कर छुट दिएको छ ।

पेट्राृल वा डिजेलमा चल्ने कुनैपनि सवारीलाई विद्युतीयमा रुपान्तरण गरेको खण्डमा सरकारले पाँच बर्षसम्मका लागि सबै कर छुट दिने निर्णय गरेको हो ।थप समाचार को लागि तल क्लिक गर्नुहोला

आर्थिक वर्ष २०७८/०७९ को बजेट घोषणामा अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

उनले बजेट वाचनमा भने इन्धनबाट चल्ने सवारी विद्युतीय बनाए भन्सार कर र सडक कर लगायतका सबै करहरु छुट गरिनेछ ।थप समाचार को लागि तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *