एका*एक सै*निक हेडक्वाटर छिरे राष्ट्रपति र प्रधानमन्त्री ओली, भर्खरै हेर्नुहोस President Bhandari and PM Oli (भिडियो हेर्नुहोस)

समाचार

एका*एक सै*निक हेडक्वाटर छिरे राष्ट्रपति र प्रधानमन्त्री ओली, भर्खरै हेर्नुहोस President Bhandari and PM Oli (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा शनिबार जंगी अड्डामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार भएको दाबी गरेका छन्।

‘आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष हो। निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्दछ। यसै अभिप्रायका साथ आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ।’

उनले भने, ‘यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन्। यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु।’

उनल‍े जनताबाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पुर्‍याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात गर्न नसक्ने टिप्पणी गरे। हाम्रो गणतन्त्रले प्रणालीका छिद्रहरु खोजेर कसैलाई सत्तामा चढाउने र कसैलाई झार्ने खेलमा समय व्यतीत गर्ने होइन, गरिबी र पछौटेपन विरूद्धको लडाईँ जित्नुपर्ने छ।

उनले भने,‘जनता मजबुत हुँदा स्वतः लोकतन्त्र मजबुत हुने प्रत्याभूतिको बाटोमा हामी छौँ। राजनीतिक झगडा/लडाईंका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर जनताको अभिमतलाई सर्वोपरी मान्दै अग्रसर रहन म सबैलाई आग्रह गर्न चाहन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *